होमपेज / स्थानीय

ब्लड क्यान्सर पिडित आस्था बिक बोहराको उपचारको लागि सल्यान ग्यालरी ग्रुपको सहयोग

  नबिन पौडेल २०७७ भाद्र १८ गते बिहीबार ११:२३:१०   ६६७० पटक हेरिएको

१८ भदौ, सल्यान :
ब्लड क्यान्सर बाट पिडित आस्था बिक बोहराको उपचारको लागि आर्थिक सहयोग संकलन गरिएको छ। क्यान्सर बाट पिडित २६ वर्षिया बोहराको उपचारका लागि सल्यान ग्यालरी ग्रुपले ६० हजार ५ सय ५७ रुपैयाँ संकलन गरेको हो।

आस्था बोहरा बिक बचाउ अभियाननै संचालन गरेर ग्यालरी ग्रुपले संकलन गरेको रकम उनको परिवारलाई हस्तान्तरण गरिएको हो।
उक्त रकम श्रीनगर बजार र बैंकिङ क्षेत्रबाट संकलन गरिएको सल्यान ग्यालरी ग्रुपले जनाएको छ। आस्थाका २ जना नाबालक बच्चा समेत छन।

क्यान्सर बाट पिडित शारदा नगरपालिका १ कि बोहराको आर्थिक स्थिति निकै कमजोर रहेको छ। बिगत केही समय देखि बोहरा क्यान्सर पिडित भएकी हुन। होहराको उपचारमा सहयोग होस भन्ने उद्देश्यका साथ सहयोग गरिएको सल्यान ग्यालरी ग्रुपका बुलन्द सेजवालले जनाएका छन। ग्यालरी ग्रुपले विभिन्न सययमा सामाजिक कार्य गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top