होमपेज / स्थानीय

शारदा नगरपालिका १२ नम्बर वडा कार्यालयमा तालाबन्दी, राजनैतिक पुर्बाग्रहीका कारण ताला लाग्यो अध्यक्ष: हमाल

  नबिन पौडेल २०७७ भाद्र १२ गते शुक्रबार १९:१७:१३   ५१५० पटक हेरिएको

१२ भदौ, सल्यान:
सल्यानको शारदा नगरपालिका वडा नम्बर १२ को कार्यालयमा तालाबन्दी भएको छ।सोही वडाको नेकपा वडा कमिटिले वडा कार्यालयमा ताला बन्दी गरेको हो।

शानपा १२ को लिफ्ट खानेपानी आयोजनामा वडा अध्यक्ष दिपक हमाल र प्रेमलाल विष्टलाई उपभोक्ताको कृते हस्ताक्षर गरी आफु खुशी समिति गठन गरेको भन्दै नेकपा वडा कमिटि शानपा १२ ले तालाबन्दी गरिएको बताएको छ।

यस विषयमा वडाध्यक्ष हमालले कोमिड १९ का कारण बैठक भेला गर्न नमिल्ने भएकाले घर घरमा गई हस्ताक्षर गराइएको र संवाद छलफल केही नगरि कार्यालय बन्द भएको समयमा राजनैतिक प्रतिशोधका आधारमा तालावन्दी गरिएको बताएका छन् । 

यस सम्वन्धमा आफ्नाे गम्भिर ध्यानाकर्षण भएको र आफुले कुनै गलत काम नगरेको हमालले बताएका छन्  ।पार्टीगत हिसावले आफुलाई विभिन्न आरोप लगाई चरित्र हत्या गर्न खोजिएको उनले बताएका छन्  ।
राजनैतिक पूर्वाग्रहका कारण तालावन्दी गर्नेहरुको नाममा किटानी सहित जाहेरी दिनलागेको अध्यक्ष हमालले बताए । नेकपाका जिल्ला कमिटि सदस्य भोला बुढाथोकीको नेतृत्वमा ताला वन्दी गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top