होमपेज / स्थानीय

पहिरोले शारदा नगरपालिका ११ का वडा अध्यक्ष बुढाथोकीको घर भत्कियो

  नबिन पौडेल २०७७ भाद्र ३ गते बुधबार १०:०९:२४   ४०१० पटक हेरिएको

३ भदौ, सल्यान :
सल्यान सदरमुकाममा खलंगामा गएराती आएकाे पहिराेले वडाध्यक्षकाे घर भत्किएकाे छ । सदरमुकाम खलंगाको विद्युत प्राधिकरणकाे कार्यालय नजिकै शारदा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष रामसिंह बुढाथाेकीकाे घरमा पहिराेले क्षेति पुर्याएकाे हाे ।

राति १ बजे सडक छेउबाट झरेकाे पहिराेले बुढाथाेकीकाे घरकाे माथिल्लाे भागका पछाडी थपिएका नयाँ काेठ पुर्णरुपमा भत्किएका छन् । माथिल्लाे भागका काेठामा गएराती काेहि नसुतेकाेले कुनै मानविय क्षेति भने नभएको प्रहरिले बताएको छ।घटनास्थतलमा अहिले नेपाली सेना र नेपाल प्रहरी पहिराे पन्छ्याउन लागिरहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top