होमपेज / स्थानीय

सल्यानमा बनगाड खोलाले बगाउँदा एकजना वेपत्ता

  नबिन पौडेल २०७७ भाद्र ३ गते बुधबार ०९:५५:५६   ३०१० पटक हेरिएको

३ भदौ, सल्यान :
सल्यानकाे पश्चिम  क्षेत्रमा रहेकाे बनगाड कुपिण्डे नगरपालिका स्थित बनगाड खाेलाले बगाउँदा एक जना वेपत्ता भएका छन् ।

बाढीले नाथेखाेलामा निर्माणधिन पुलमा काम गर्ने दुइजना मजदुरलाइ बगाएकाे छ । एक जना मजदुर तत्कालै खाेलाबाट पार लागेर बाँच्न सफल गएका छन् भने अर्का मजदुर वेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।वेपत्ता हुने मजदुर दाेलखा घर भएका २५ वर्षका सुदिप खत्री भएकाे प्रहरीले जनाएकाे छ । 

खोलामा ठुलाे बाढी आउँदा कराेडाैंकाे क्षेती भएकाे छ । गएराती च्युराबाट सुरु भएकाे बाढीले सल्लीबजारकाे भेरि नदिसम्म ठुलाे मात्रामा क्षेती पुर्याएकाे छ ।ठुलाे भुभागमा किसानहरुले खेतमा लगाएकाे धानवाली बाढीले बगाएकाे छ । त्यस्तै सल्लीबजारकाे गैरिबजारमा पनि बाढीले धेरै घर पसलहरुमा क्षेति पुर्याएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top