होमपेज / स्थानीय

तरुणदल बनगाड संगठण निर्माणमा ब्यस्त

  तिखो खबर २०७७ श्रावण ३० गते शुक्रबार २०:०३:२४   ३०५० पटक हेरिएको

३० साउन, सल्यान :
नेपाल तरुणदलले सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा संगठन निर्माणको कार्यलाई तिब्रता दिएको छ।तरुणदल बनगाड कुपिन्डे नगरकार्य समितीले पालिका भित्रका प्रत्येक वडाहरुमा संगठन निर्माणको कार्यलाई तिब्रता दिन सुरु गरेको हो।

पालिकाको वडा नम्बर ६ मा बिहिबार ३० सदस्यीय  वडा कार्यसमिती बिस्तार गरिएको छ।जसको अध्यक्षमा महाबिर रोका चयन भएका छन। उपाध्यक्षमा सुवास बस्नेत, सचिब झलक बुढा,हिरालाल रोका सह सचिब, र प्रेम बहादुर बिक कोषाध्यक्षमा चयन भएका छन भने अन्य सदस्य हरुमा चयन भएको बताएको छ।

नेपाल तरुणदल बनगाड नगर सभापती बिजय बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाका नेता तथा तरुण युवाहरुको उपस्थिति रहेको थियो। केही हप्ता पहिले नगर स्तरिय तरुणदल अधिबेशन सम्पन्न पश्चात् अहिले वडा अधिबेशनमा तरुणदल जुटेको हो।भदौ भित्र सम्पुर्ण वडामा तरुणदल अधिबेशन सम्पन्न गरिसक्ने तरुणदल बनगाडका अध्यक्ष बिजय बस्नेतले बताएका छन।

पालिका स्तरीय तरुणदल गठन भए पच्चात तरुणदलमा युबाको आकर्षण बढ्दै गएको अध्यक्ष बस्नेतले बताए।नेपाली कांग्रेसलाई अगाडि बढाउन तरुणदलको महत्वपूर्ण भुमिका रहने भन्दै बस्नेतले संगठनलाई बलियो बनाएर लैजाने बिचार ब्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

Top