होमपेज / स्थानीय

बिमा वाफतको ५ लाख प्रदान

  नबिन पौडेल २०७७ श्रावण १८ गते आइतबार १९:२९:१५   ४७०० पटक हेरिएको

१८ साउन, सल्यान :
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले जीवन बिमा वाफतको मृत्यु दाबी रकम भुक्तानी गरेको छ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर ४ मा अबस्थित चेतना सहकारी संस्थामा कार्यरत राकम २ सुर्खेत निवासी २१ बर्षिय अजय शाहीको उपचारका क्रममा गत चैत्र २५ गते मृत्यु भएपछी मृत्यु दाबी वाफतको रकम बिमा कम्पनीले उक्त संस्थालाई प्रदान गरेको हो ।

मृत्यु दाबी वाफतको ५ लाख रुपैयाँको चेक सहकारीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको कम्पनिका शाखा प्रमुख बिनोद शर्माले बताए। शाहिको घरको छतबाट लडेर उपचारको क्रममा बाकेको भेरी अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।

सहकारिले शाहिको म्यादी जीवन बिमा बनाएको थियो।
सहकारिले प्रत्येक बर्ष ८ सय २७ का दरले तीन किस्ताको बिमा रकम बुझाएको थियो।ब्यक्तीको मृत्यु भएपनी सानो रकम तिरेर लाखौ पैसा दिनेगरेको प्रती बिमा कम्पनीलाई सहकारीले धन्यवाद समेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top