होमपेज / स्थानीय

सल्यानमा पहिलो पटक नेपाली सेनाका एक सिपाहिमा कोरोना पुष्टी

  नबिन पौडेल २०७७ श्रावण १७ गते शनिबार २०:२१:५८   २४५० पटक हेरिएको

१७ साउन, सल्यान :
सल्यानमा पहिलाेपटक सुरक्षाकर्मी माथी काेराेना संक्रमण भएकाे छ । सल्यान खलंगा स्थित लुहापिङ आइसोलेसनमा खटिएका नेपाली सेनाका एक सिपाहीमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

सवुज गण सिमखर्कमा कार्यरत ती सिपाही लुहापिङमा आइसोलेसन निर्माण पश्चात कोरोना संक्रमितको सुरक्षार्थमा खटिएका थिए । शनिबार पदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top