होमपेज / स्थानीय

विभिन्न अभियोगका ७ जना प्रतीवादी पक्राउ

  नबिन पौडेल २०७७ श्रावण १२ गते सोमबार ०९:२६:१८   ११५० पटक हेरिएको

१२ साउन, सल्यान :
विभिन्न अभियोगमा फरार ७ प्रतिवादी पक्राउ परेका छन ।सल्यान प्रहरीले जबरजस्ती करणी, कर्तव्य ज्यान मुद्दा लगायतका ७ प्रतिवादी लाई पक्राउ गरेको हो। गाउँघरमै लुकिछिपि बसी रहेको अवस्थामा खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको सल्यान प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आइतबार सवारी ज्यान मुद्दाका टेक बहादुर गिरी, कर्तव्य ज्यान मुद्दाका शेर बहादुर बस्नेत, जबरजस्ती करणी मुद्दाका हिरालाल भन्ने लाल बहादुर शाहु पक्राउ परेका छन् । 

यस्तै सार्वजनिक मुद्दाका राम बहादुर बुढाथोकी, जारी मुद्दाका सुनिता बुढा, लुटपिट मुद्दाका होम बहादुर बुढा र सम्बन्ध सम्बन्ध विच्छेद मुद्दाका रेखा बुढा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

पक्राउ परेका सबैजनालाई जिल्ला अदालतमा उपस्थित गराएको छ।
यस अघि प्रहरीले विभिन्न अभियोगमा फरार २० जनालाई पक्राउ गरि सकेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top