होमपेज / स्थानीय

सडेको अबस्थामा सल्यानमा नवजात शिशुको शव फेला

  नबिन पौडेल २०७७ श्रावण ११ गते आइतबार १६:५०:३८   ३९१० पटक हेरिएको

११ साउन, सल्यान :
सल्यानमा नवजात शिशुको बेवारिसे शव सडेको अबस्थामा भेटिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ कल्ले खोलामा नवजात शिशुको बेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ ।

शिशुको सव चार , पाँच दिन अगाडी फालेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । शिशुको शव गलिसकेकाले महिला हो या पुरुष चिन्न सक्ने अवस्थामा नरहेको प्रहरिले बताएको छ।आइतबार दिउसो कल्ले खोलामा सडेगलेको अवस्थामा शिशुको शब फेला परेको हो। 

शिशु कति महिनाको हो र किन फालिएको हो भन्ने अनुमान गर्न नसकिएकाले पोष्टमार्टम पछि मात्र थाहाँ हुने प्रहरीको भनाई रहेको छ।
घटनाबारे थप अनुसन्धान भैरहेको भोटेचौर प्रहरिले बताएको छ।
शिशु भटीएको स्थान राप्ती राजमार्ग बाट २५ मिटर माथिको खोलामा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top