होमपेज / स्थानीय

दारी ग्याङ' दाङद्वारा स्थापना दिवसका अबसरमा फलफुल बितरण

  तिखो खबर २०७७ श्रावण ११ गते आइतबार १२:१८:३५   ४७१० पटक हेरिएको

दिपेश ढकाल  / ११ साउन, दाङ :
दारि ग्याङ्ग दाङकाे प्रथम स्थापना दिनको अबसरमा फलफुल बितरण गरिएको छ।राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा रहेका करिव ४५ विरामिहरुलाई फलफुल वितरण गरिएको हो ।

सक्रिय रुपमा सामाजिक कार्यमा लागिरहेको 'दारी ग्याङ’ले दारीप्रति आम मानिसको धारणा नै परिवर्तन गरिदिएको छ। यो समूहले दारी पाल्नु सौखको कुरा हो भन्नेलाई बदलेर परिपक्कता र जिम्मेवारी बहनको अवस्थासँग जोडिएको छ। त्यसैले पनि दारी रहरमात्र नभएर जिम्मेवारीबोधको प्रतीक बनिदिएको छ।

"दारी ग्याङ" विभिन्न जिल्लामा रहि सामजिक कार्य गरिरहेको छ । दाङमा पनि छोटो समयमा सक्रिय भै लागिरहेको ग्याङले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ। दुखी,गरिब तथा अनाथ,असाहय बालबालिका लाई सहयोग,सरसफाइ,बृक्षरोपन, रक्तदान कार्यक्रम आयोजना आदि सामाजिक कार्य गर्दै आइरहेको छ ।

उक्त दारी ग्याङ दाङको स्थापना दिवसका अबसरमा फलफुल बितरण कार्यक्रमका निम्ति भुमी व्यवस्था कृषि तथा सहकरि मन्त्रालय प्रदेश-५ , बुटवलमा कार्यरत कृषि अर्थ विज्ञ अनुप तिवारीले आर्थिक सहयोग गरेका थिए। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top