होमपेज / स्थानीय

सल्यान ग्यालरी ग्रुपद्वारा पिडीतहरुलाई ५० हजार बढी सहयोग

  नबिन पौडेल २०७७ श्रावण १० गते शनिबार १६:५२:०४   २१६० पटक हेरिएको

१० साउन, सल्यान :
सल्यानका एथेलेटिक्स रविन कुमार राई र स्थानीय किरण नेपालीको सहयोगको लागि युवाहरु विभिन्न समूहमा संगठित भएर सहयोग रकम संकलन गरिरहेका छन् । सल्यानमा क्रियाशील युवाहरुको समूह सल्यान ग्यालरीले ५० हजार ५ सय  जम्मा गरी पिडीहरुलाई हस्तान्तरण गरेको छ ।

संकलित रकम मध्ये ३० हजार ५ सय किरण नेपालीलाई र २० हजार रविन कुमार राइलाई हस्तान्तरण गरिएको सल्यान ग्यालरीका सदस्य बुलन्दबाबु सेजवालले बताएका छन् । श्रीनगर बजारमा सल्यान ग्यालरीले सहयोग संकलनको अभियान सन्चालन गरेको थियो । 

सल्यान ग्यालरी सामाजिक कार्य गर्ने स्वच्छ उद्देश्यका साथ सामाजिक सन्जालमा क्रियाशील समूह हो । यसको एडमिन सदस्यहरु बुलन्द बाबु सेजवाल, बसन्त शर्मा, राजन डांगी, रजित बुढाथोकी र केशव वली लगायत रहेका छन् भने सहयोग संकलन अभियानमा अन्य युवाहरु पनि जोडिएका थिए । 

पिडीत राई क्यान्सर सँग जुधिरहेका छन् भने अर्को पिडीत किरण नेपाली ब्लड क्यान्सरबाट थलिएका छन् । युवाहरुको यो सहयोग सम्मान योग्य रहेको छ । यस अघि खलंगा बजारमा सक्रिय युवा समूहले पनि ५७ हजार रकम संकलन गरी हस्तान्तरण गरेको थियो ।  उनीहरुको लागि व्यक्तिगत रुपमा पनि विभिन्न व्यक्तिहरुले सहयोग उपलव्ध गराएका छन् । 
यसै गरी लान्तीमा सक्रिय सहारा युनाइटेड युथ ग्रुप पनि सहयोग संकलनमा जुटेको खबर छ । विल क्लिनटन श्रेष्ठले बताए अनुसार शनिबार सम्म करिब २० हजार रुपैंया संकलन भएको छ । पिडीतहरुलाई व्यक्तिगत रुपमा भेटेर सहयोग गर्ने पनि युवाहरु नै रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top