होमपेज / स्थानीय

आफ्ना साथिको स्मृतिमा रक्तदान

  नबिन पौडेल २०७७ श्रावण १० गते शनिबार १६:०२:३१   ३६१० पटक हेरिएको

१० साउन,  तुलसीपुर दाङ :
आफ्ना साथीको स्मृतिमा बृहत रक्तदान गरिएको छ।
स्व. निरञ्जन बस्यालको स्मृतिमा उनका साथिहरु आबद्ध सामाजिक कार्यगर्न खोलिएको Voice of Youth नामक ग्रुपद्वारा रक्तदान गरिएको हो।

साथी ग्रुप सङको सहकार्यमा शनिबार रक्त संचार केन्द्र तुल्सिपुर दाङमा ४३ जनाले रक्तदान गरेका छन। स्वर्गिय आफ्ना साथिको स्मृति दिनको अबसर पारेर उनको सम्झनामा रक्तदान गरिएको स्वर्गिय बस्यालका साथिहरुले बताएका छन।उचित अनुशासन र सामजिक दुरि कायम गर्दै रक्तदान दिइएको बताएको छ।

Voice of Youth ग्रुपका अध्यक्ष झलक बस्नेतले आपतकालिन परिस्थितिमा कसैलाइ रक्तको आवश्यकता भएमा आज कार्यक्रममा उपस्थिति भएका तर  इमर्जेन्सीमा रक्त दान गर्ने भनेर थप २७ जना ब्यतीको नाम सङ्कलन गरिएको जानकारी दिए ।आगामी दिनमा थप सामजिक कार्यक्रम गर्दै यो ग्रुप समाजको लागी मार्गदर्शक बन्ने उनले अठोट लिएको बिचार ब्यक्त गरे।ग्रुपले समय समयमा सामाजिक कार्य गर्दै आएको छ।

ग्रुपका संस्थापक सदस्य अशिम साप बिस्टले रक्तदान कार्यक्रम समापन गर्दै सबै सहयोगी मनहरुलाइ धन्यबाद दिदै प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्णलाइ धन्यबाद दिए | रक्तदानका समयमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीहरुलाइ उनले बिशेष आभार प्रकट गरे। 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top