होमपेज / स्थानीय

मोटरसाइकल र पिकअप गाडी एक आपसमा ठोक्किदा सल्यानमा विद्युतका कर्मचारी शर्मा घाइते

  नबिन पौडेल २०७७ श्रावण ७ गते बुधबार १७:१८:३६   २५६९० पटक हेरिएको

७ साउन, सल्यान :
सल्यानमा बोलेरो पिकअप गाडी र मोटरसाइकललाई मोटरसाइकल एक आपसा ठोक्किदा १ जना घाइते भएका छन् । 

जिल्लाको श्रीनगर–खलंगा सडक खण्डको मैसेपानी ओरालोमा बुधबार दिउँसो गाडी र मोटरसाइकल ठोक्किदा शारदा नगरपालिका १ का २५ बर्षिय मोटरसाईकल चालक घनश्याम न्यौपाने घाईते भएको प्रहरीले जनाएको छ ।उनी नेपाल विद्युत प्राधिकरण लुहाम बितरण केन्द्रमा  कार्यरत छन।

श्रीनगरबाट खलंगा जादै गरेको रा ५ प ६८०१ नम्वरको मोटरसाइकल र खलंगा देखी श्रीनगर तर्फ जादैँ गरेको भे १ च १२९९ नम्वरको बोलेरो पिकअप एक आपसमा ठोक्किएर दुर्घटना भएको सल्यानका प्रहरि प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जनाएका छन। घटना कसरी घटेको भन्नेबारे अहिलेनै भन्न नसकिने र घटनाबारे अनुसन्धान सुरु भएको उनले बताए।

घाइते मोटरसाइकल चालकलाई सल्यान जिल्ला अस्पतालमा प्राथामिक उपचार पश्चात थप उपचारको लागी नेपालगन्ज रिफर गरिएको छ । घाईतेको दुवै खुट्टा भाँचिएको प्रहरिले जनाएको छ।अहिले गाडी र गाडी चालक दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top