होमपेज / कृर्षी

सल्यानमा धानको उत्पादन बढ्यो,मकैको घट्यो

तिखो खबर २०७६ मंसिर १२ गते बिहीबार १६:५०:१५ मा प्रकाशित     १२० पटक हेरिएको

१२ मङ्सिर :सल्यान 


सल्यानमा धानको उत्पादन बढेको छ भने मकैको उत्पादन घटेको छ ।

चालु आर्थिक वर्ष २०७६/०७७ मा धानको उत्पादन बढेको हो भने मकैको उत्पादन भने घटेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । 

सल्यानमा चालु आर्थिक वर्षमा ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । जसमा २९ हजार ३ सय ७२ मेट्रिक्टन धान उत्पादन भएको छ ।गत आर्थिक वर्षको भन्दा यस वर्ष ४ सय १२ मेट्रिक्टन उत्पादन बढि भएको कृषि विकास कार्यालयका रशेम  बस्नेतले जानकारी दिए।

गत वर्ष बराबरको हेक्टरमा लगाएको धान खेती यो वर्ष भने उन्नत जात, मौषम अनुकुल र रोग किरा नलागेका कारण वृद्धि भएको उनको भनाई रहेको छ। गत वर्ष ७ सय ७८ हेक्टरमा २८ हजार ९ सय ६० मेट्रिक्टन धान उत्पादन भएको थियो । 

धानको उत्पादन बढेको भएपनि यो वर्ष भने सल्यानमा मकैको उत्पादन भने घटेको छ । यो वर्ष सल्यानमा ६० हजार २ सय ५७ मेट्रिक्टन मकै उत्पादन भएको बस्नेतको भनाई छ । 

१६ हजार ३ सय ६० हेक्टरमा लगाएको मकै समयमै वर्षा नहुनु तथा अम्लिए वर्षाका कारण उत्पादन घटेको उनले बताए।गत आर्थिक वर्षमा ६२ हजार १ सय ४५ मेट्रिक्टन उत्पादन भएको छ । गत वर्षको भन्दै १ हजार ८ सय ८८ मेट्रिक्टन मकै कम उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top