होमपेज / कृर्षी
दिपेस ढकाल: तुल्सिपुर उपमहानगरपालिका १३ बखरियाका कृषक हुन शिशिर रावत । तुल्सिपुर बजार देखि १२ किलोमिटर भित्र तुल्सिपुर- अमिलिया सडक खण्डमा पर्ने उनको घर,घर परिपरी लटरम्म तरकारी फलिरहेको देख्न सकिन्छ। अहिले पनि उनको बारिमा काक्रा,करेला,टमाटर फलिरहेका छन,अहिले उनले १० कठ्ठा जग्गामा तरकारी लगाइएका छन ।
शिशिरका बुवा हुन नबराज रावत उनका बुवा पनि कृषक हुन, रावतले करिब १७/१८ बर्ष कृषि गरे। बुवाको त्यो मेहनतले तरकारी फलेको देखेर हामि पनि हाम्रै माटोमा केही गर्न सक्छौ भन्ने सोचले मैले कृषि बिषय पढे अहिले बुवाको जिम्मेवारी लिएको छु प्रबिधि सङ जोडिएर खेती गरिरहेका छौ ,शिशिरले भने' ।
एक सिजनमा कम्तिमा आठ देखि दश लाख बराबरको तरकारी बिक्री गर्ने गरेको शिशिरले बताउछ्न। जसबाट खर्च कटाएर ६० प्रतिशत फाइदा हुन्छ। बर्ष भरी कम्तिमा २२ लाख कमाइहुने उनको भनाइ छ ।
शिशिर भन्छन, हामी बजारलाई मध्यनजर गरेर तरकारी लगाउछौ,बजारमा कुनै समस्या छैन तर सानो मात्रामा खेती गर्ने किसानलाई समस्या हुन सक्छ, हुन्छ पनि किन भने ब्यापारीलाई आबस्यक परे जति तरकारी उपलब्ध नहुने खण्डमा ब्यापारी नपुग्न सक्छन । कृषकले आफै मुल्य गर्न नपाउदा उपयुक्त मुल्य नपाएको होकि जस्तो पनि लाग्छ ।
आफ्ना बुवाले गरेको परम्परागत कृषि खेतीलाई प्रबिधियुक्त बनायर खेती गरिरहेका शिशिरको अहिले अन्य किसानलाई सहज होस भनेर तुल्सिपुर बाहिनी चोकमा गुणस्तर कृषि सोलुसन पसल सन्चालनमा छ। टनेल,नेट हावस,प्लास्टिक मल्चिङ, ग्रीन हावस,थोपा सिचाई,मलबीउ बाहेक कृषि प्रबिधिसङ जोडिएका सामान उनको पसलमा पाइन्छ ।
यस अघि दाङमा ती चिजहरु पाइने पसल थिएन । टनेल मल्चिङको प्रयोगले रोगकिराको प्रकोप,कम झारपात उम्रने,गोड्मेल कम गर्नुपर्ने,मल पानि धेरै नचाहिने तथा श्रमिक खर्च कम लाग्ने शिशिरले बताए ।
अन्तत: म आफ्नो पेशा प्रती खुसी छु, कर्ममा रमाइरहेको छु, गर्ब लाग्छ कृषक हु भन्न पाउँदा, सबै परिवार खुसी छौ । हामी जस्ता युवाहरु प्रबिधिसङ जोडिएर व्यावसायिक कृषिमा लागि परे दैनिकजिबन मात्र होइन ,नेपालको कृषि अर्थतन्त्रमा पनि सहयोग पुग्नेछ।