होमपेज / खेलकुद

महिला म्याराथन दौडमा नेपाल दोस्रो,सल्यानकि पुष्पाले जितिन रजत पदक

तिखो खबर २०७६ मंसिर २१ गते शनिबार ११:५०:१३ मा प्रकाशित     २०४ पटक हेरिएको

 २१ मंसिर काठमाडौं :

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौड अन्तर्गत महिला तर्फको प्रतिस्पर्धामा नेपाल दोस्रो भएको छ । 

श्रीलंका पहिलो हुँदै स्वर्ण जित्दा नेपालकी पुष्पा भण्डारी दोस्रो भइन् ।

सल्यानकाे माल्नेटा घर भएकी पुष्पाले निर्धारित दुरी २ घण्टा ५० मिनेट ११ सकेण्डमा पार गरिन् ।

पहिलो भएकी श्रीलंकाकी खेलाडी हिरुनी केसाले भने २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा दौड पूरा गरिन् । २ घण्टा ५२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरेकी भारतीय खेलाडी ज्योतीले तेस्रो हुँदै कास्य पदक जितेकी छन् ।

पुरुषतर्फको प्रतिस्पर्धामा भने नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक जितेका छन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top