होमपेज / खेलकुद

राठौर सम्मानित

तिखो खबर २०७६ मंसिर १ गते आइतबार २०:२१:४७ मा प्रकाशित     २०१ पटक हेरिएको

दिबश पोखरेल /१ मङ्सिर, नेपालगन्ज :

बजाज स्किल कन्टेस्ट मास्टर मेक नेशनलको २०१९ सस्करणका उपबिजेता भुवनेश्वर सिह राठौर एक कार्यक्रमका बिच सम्मनित भएका छ्न।

उनी कार्यरत सस्था नेपाल ट्रेड च्यानल नेपालगन्जले मास्टर मेक २०१९ नेशनलमा राठौरको सफलताका लागि बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको हो।

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले हरेक वर्ष आयोजना गर्ने सो प्रतियोगितामा ईटहरी जोन, बिरगन्ज जोन, काठमान्डौ जोन, बुटवल जोन अन्तर्गत भएको मास्टर मेक रिजनलमा उत्कृष्ट १६ मेकानिकले मास्टर मेक नेशनल २०१९ को इस्किल कन्टेस्टमा प्रतिस्पर्धाका लागि सहभागीता जनाएका थिए।

मास्टर मेक २०१८ को नेशनल इस्किल कन्टेस्टमा पनि फस्ट रनर अप भएका भुवनेश्वर को हरेक पल्टका सफलताले हामीलाई खुसी बनाउने गरेको  नेपाल ट्रेड च्यानल नेपालगन्जका प्रबन्ध निर्देशक पुरुषोत्तम नेपालले बताए।यो पल्टको सफलताले पनि उहाँ कार्यरत सस्था र सम्पुर्ण कर्मचारी अनि मेकानिकहरुको शिर उचो भएको छ," प्रबन्ध निर्देशक नेपालले भने।
 
बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरि नेपाल ट्रेड च्यानलका सम्पुर्ण कर्मचारी र मेकानिकको तर्फबाट बधाई ज्ञापन गरिएको नेपाल ट्रेड च्यानल नेपालगन्जका म्यानेजर रुद्र बुढा क्षेत्रीले जानकारी दिए।

बाके,बर्दिया र आसपासका क्षेत्रमा बजाज मोटरसाइकल मर्मतका लागि बर्षौ देखि चिर परिचित नाम हो प्रकाश राठौर, धेरैले आफुलाई प्रकाशको नामले चिन्दा पनि खुसी लाग्ने बताउछ्न, "काम महत्त्वपूर्ण हो नाममा त के छ र?" आगामी बर्षहरुमा अझ राम्रो कोसिस गर्ने प्रतिबद्धता जनाएका प्रकाश जानकी गाउँपालिका बाकेका स्थायी निवासी हुन भने बजाज सर्भिस सेन्टर नेपालगन्जका सिनियर मेकानिक हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top