होमपेज / खेलकुद

देशभरीमा नेपालगन्जका राठौर फस्ट रनरअप

तिखो खबर २०७६ कार्तिक २७ गते बुधबार २०:३९:३३ मा प्रकाशित     २४४ पटक हेरिएको

दिबश पोखरेल  / २७ कार्तिक नेपालगन्ज :

बजाज मोटरसाइकल इस्किल कन्टेस्ट (मास्टर मेक) २०१९ को रास्ट्रीय सस्करणमा नेपालगन्जका भुवनेश्वरसिह राठौर( प्रकाश) फस्ट रनर अप भएका छन । बुधबार एच एच बजाजको ट्रेनिङ्ग एकेडेमी टेकुमा सम्पन्न इस्किल कन्टेस्टमा देशभरका अन्य १४ प्रतिस्पर्धीलाई पछि पार्दै फस्ट रनर अप भएका हुन।

नेपाल ट्रेड च्यानल नेपालगन्जमा बिगत १५ बर्ष देखि कार्यरत राठौर गएको ५ बर्ष देखि बजाज सर्भिस सेन्टर नेपालगन्जमा सिनियर मेकानिकका रुपमा कार्यरत छ्न। 

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले हरेक वर्ष आयोजना गर्ने सो प्रतियोगितामा यो बर्ष पनि बजाज मोटरसाइकलको मर्मत तथा फिटिङ्गमा मेकानिकको निपुणताका साथै सैद्धान्तिक ज्ञानको समेत परिक्षण गरिएको कम्पनिका मेकानिकल इन्जिनियर सन्तोष सुबेदीले जानकारी दिए ।

ईटहरी जोन, बिरगन्ज जोन, काठमान्डौ जोन, बुटवल जोन अन्तर्गत भएको मास्टर मेक रिजनलमा उत्कृष्ट १६ मेकानिकले मास्टर मेक नेशनल २०१९ को इस्किल कन्टेस्टमा प्रतिस्पर्धाका लागि सहभागीता पाएको कम्पनिका मेकानिकल इन्जिनियर सुबेदीले बताए।

मास्टर मेक नेशनल २०१९ मा कुल सहभागि १६ जना प्रतिस्पर्धी मध्ये कावासोतिका बिजय तिवारीले प्रथम र कलङ्कीका विपीन अर्यालले तेस्रो स्थान हात पारेका छ्न, बिजेताहरुलाई कम्पनीका सर्भिस हेड अनिल कुमार पान्डेले सम्मान पत्र नगद पुरुस्कार सहित ट्रफि प्रदान गर्दै सुन्दर भबिष्यको शुभकामना दिएका छन।

मास्टर मेक नेशनल २०१९ नेपालका बिजेता विश्व भरीका ५० रास्ट्रका उत्कृष्ट मेकानिकहरु बिच हुने प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छ्न भने दोस्रो र तेस्रो स्थान बिजेतालाई कम्पनीको तीन दिने रिफ्रेसमेन्ट टुर हुनेछ, बिजेताले सम्मान पत्र,ट्रफी सहित क्रमश ३०, २० अनि १० हजार नगद पुरुस्कार हात पारेका छ्न।

मास्टर मेक २०१८ को नेशनल इस्किल कन्टेस्टमा पनि फस्ट रनर अप भएका भुवनेश्वरको हरेक पल्टका सफलताले हामीलाई खुसी बनाउने गरेको नेपाल ट्रेड च्यानल नेपालगन्जका प्रबन्ध निर्देशक पुरुषोत्तम नेपाल ले बताए।यो पल्टको सफलताले पनि उहाँ कार्यरत सस्था र सम्पुर्ण कर्मचारी अनि मेकानिकहरुको शिर उचो भएको छ उनले भने।

प्रकाश काठमान्डौबाट फर्किसके पछि एक कार्यक्रमको आयोजना गरि नेपाल ट्रेड च्यानलका सम्पुर्ण कर्मचारी र मेकानिकको तर्फबाट बधाई ज्ञापन गरिने प्रबन्ध निर्देशक पुरुषोत्तम नेपालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top