होमपेज / खेलकुद

सागमा कर्णाली बाट एकजना मात्रै सहभागी हुने

तिखो खबर २०७६ कार्तिक २७ गते बुधबार १८:४३:३८ मा प्रकाशित     १४८ पटक हेरिएको

२७ कार्तिक सुर्खेत :
मंसिर १५ गतेदेखि हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट एक जना खेलाडीले सहभागिता जनाउने भएका छन ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगतामा कर्णाली प्रदेशबाट उसु विधाका दिपक हमालले मात्र प्रतिस्पर्धा गर्ने भएका हुन ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गोल्ड मेडल हात पर्न सफल भएका हमालले कर्णाली प्रदेशबाट सागमा एकल सहभागिता जनाउन लागेका हुन।

भौतिक पूर्वाधार प्रशिक्षण सामग्रीको अभाव झेल्दै आएको कर्णाली प्रदेशबाट साग खेलका लागि छनौटमा परेका सात जनामध्ये एक जनाले मात्रै साग खेलकुदमा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति सुर्खेतले जनाएको छ । 

समितिका अनुसार कर्णाली प्रदेशमा खेलाडीको अभाव नभई खेल मैदान, प्रशिक्षक तथा खेलकुदका सामग्रीको अभावले खेलाडी पलाएन हुने दुखद अवस्था रहेको छ ।

उत्कृष्ट खेलाडीहरु पनि जेनतेन जिल्लासम्म आइपुग्ने र त्यहीबाट पलायन भएर जाने गरेको जिल्ला खेलकुद विकास समितिका प्रशिक्षण इन्चार्ज भुवनबहादुर थापाले बताए।

कर्णाली प्रदेशका जिल्लामा २१ वटा खेल विधामा प्रशिक्षण गरिएपनि प्रतियोगितामा भने एक जनामात्रै छनौटमा परेका छन् । राष्ट्रिय खेलमा उत्कृष्ट भएका खेलाडीलाई तालिमका लागि शिविरमा राखिने र त्यही शिविरबाट साग खेलका लागि खेलाडी छनोट हुने बताएको छ।

गत वर्ष प्रदेश सरकारले प्रदेश स्तरीय खेल मैदान बनाउने भनि सात करोड विनियोजन गरेर बजेट रकमान्तर गरि अन्यत्र खर्च गरिएको थियो । यस पटक पनि खेलकुदको पूर्वाधार निर्माणमा प्रदेश सरकारले दुई करोड बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top