होमपेज / खेलकुद

छत्रेश्वरिमा शुरुभयो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

  नबिन पौडेल २०७७ चैत्र १ गते आइतबार १९:१६:५६   ३१३० पटक हेरिएको

१ चैत, सल्यान :
सल्यानको छत्रेश्वरिमा रास्ट्रपति रनिङ शिल्डको शुरुवात भएको छ।
स्वास्थ्यका लागि खेलकुद, रास्ट्रकालागि खेलकुद भन्ने मुल नाराकासाथ तेश्रो रनिङ शिल्डको शुरुवात भएको हो।

शिल्डमा खुल्ला बिद्यालय स्तरिय खेलकुद हुनेछ्न। ३ बिधामा खेलकुद हुने गाउँपालिका शिक्षा शाखा प्रमुख केशर बहादुर ओलिले बताए।
आईतवार देखि संचालित शिल्ड ३ गतेसम्म संचालन हुने उनले बताए।

सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबि होमागाई खतिवडा रनिङ शिल्डको उद्घाटन गरेकी छिन। उद्घाटन कार्यक्रममा बोल्दै खतिवडाले स्वास्थ्यका लागि खेलकुद आबस्यक रहेको बताइन। अहिलेदेखिनै प्रतियोगितामा भागलिदै गयो भने भोलि सफल खेलाडी हुने उनले बताइन।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ठ अतिथी नेपाली कांग्रेसका नेता टिकाराम रोका र गाउँपालिका उपाध्यक्ष सीता केसिले कार्यक्रमको सफलताको शुभकामना दिदै अहिलेका खेलाडी भोलीको गहाना भएको बताए।

रनिङ शिल्डको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सन्तोष केसिले खेलकुद जिबनको एउटा पाटो रहेको बताए। स्वस्थ रहन खेल अनिवार्य रहेको उनले बताए। अहिलेदेखिनै तयारी थाल्योभने भोलि कुनैदिन उत्कृष्ट खेलाडी बन्ने अध्यक्ष केसिले बताए।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशर ओलिको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष हरु नेबबहादुर खड्का, लिलाधर घर्ती, दिपमनी दसौदी, मेघराज भन्डारिले मन्तव्य राखेका थिए।
कार्यक्रमको संचालन प्रेस सल्लाहकार नवीन पौडेलले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top