होमपेज / साहित्य/कला

नेपाल ज्योतिष परिषद्को २२ औँ वार्षिकोत्सव एवम प्रत्रिका विमोचन कार्यक्रम सम्पन्न

  तिखो खबर २०७६ पौष २५ गते शुक्रबार ०७:५३:२९   ५६३० पटक हेरिएको

२५ पुस दाङ :
नेपाल ज्योतिष  परिषदको २२ औँ स्थापना दिवशको अवसरमा नेपाल ज्योतिष  परिषद प्रदेश नं.५ ले स्थापना दिवश एवम् पत्रिका विमोचन कार्यक्रम बिहिवार रुपेन्देहिको बुटवलमा सम्पन्न गरेको छ ।

नेपाल ज्योतिष परिषद प्रदेश नं.५ का अध्यक्ष जनार्दन न्यौपानेको अध्यक्षता एवम्  बुटवलमा रहेको स्वामीनारायण मुक्तिनाथधामका स्वामी लोकानन्द गिरीको प्रमुख आतिथ्य एवम नेपाल ज्योतिष परिषदका केन्द्रिय महासचिव डा.अजुर्न भट्टराई,वावुराम ज्ञवाली र लोकनाथ खरेल लगाएतको बिशिस्ट अथितिथ्यमा बुटवलको नयाँ गाउमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल ज्योतिष परिषदको स्थापना दिवसको अवसर पारेर प्रदेश नं.५ ले प्रमुख अतिथि वाट ज्योतिष चक्षु नामक पत्रिका विमोचन एवम कार्यक्रमको उदघाटन गरेको वताएको छ । 

नेपाल ज्योतिष परिषद प्रदेश नं.५ का वरिष्ठ उपाध्यक्ष मेघराज आचार्यको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रममा घनश्याम परिश्रमीले पत्रिको समिक्षा गरेका थिए भने कार्यक्रममा नेपाल ज्योतिष परिषदका दांग जिल्ला अध्यक्ष गिरीराज अधिकारी , विष्णु गौतम लगाएतले शुभकामना मन्तव्य र व्राहमण समाजका काेषाध्यक्ष खिम प्रसाद पौडेले धन्यावाद ज्ञापन व्यक्त गरेका थिए।

साथै प्रदेश  वैठकले विभिन्न निर्णय गदै प्रचार सचिवमा माधव देवकोटा सदस्यमा टोप कुमार न्यौपाने लाई राखिएको जनाएको छ । उक्त कार्यक्रमको सहजिकरण प्रदेश महासचिव ढुण्डीराज ज्ञवालीले गरेको ज्योतिषि मेघराज आचार्यले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top