होमपेज / साहित्य/कला

बागचाैर नगर साहित्य परिषदकाे दाेस्राे वार्षिकोत्सब तथा रचना वाचन कार्यक्रम सम्पन्न

  तिखो खबर २०७६ पौष २० गते आइतबार ०७:४६:०२   ४८८० पटक हेरिएको

श्रवण देवकोटा / २० पुस सल्यान :

बागचाैर नगर साहित्य परिषदकाे दाेस्राे वार्षिकोत्सब तथा रचना वाचन कार्यक्रम सल्यानको बागचाैरमा सम्पन्न भएकाे छ ।

पुरातात्त्विक संरचनाकाे खाेजी र साहित्यक सृजना, अग्रज श्रष्टाकाे सम्मान र अनुजकाे जगेर्ना भन्ने मुल नाराका साथ दुई वर्ष अघि स्थापना भएको साहित्य परिषदले याे बिचमा विविध साहित्यिक गतिविधिहरु गरि साहित्य क्षेत्रको विकाशका लागि अतुलनिय भुमिका निर्बाह गरेको छ। 

परिषदका अध्यक्ष इन्द्र भण्डारी अङ्कितको सभापतित्वमा सन्चालित कार्यक्रममा प्रमुख अतिथी  बागचौर नगरपालिका  प्रमुख लोकमान बुढाथोकी लगायत अन्य थुप्रै अतिथिहरुको बाक्लो उपस्तिथि रहेको थियो। 

कार्यक्रममा परिषदकि उपाध्यक्ष पुष्पा रिजन डि.सि ले आफ्ना रचना हरु बाचन गरेकी थिइन।कार्यक्रममा परिषदका संरक्षक, सल्लाहकार डा. पूर्ण भण्डारी पंकज लाई नेपाल संस्कृत विश्व बिद्यालय बाट  बिद्यावारिधि गर्नुभएकाले अभिनन्दन गरिएको थियो । 

युगल रचना वाचनका श्रष्टालाई सम्मान गरिएकाे थियाे परिषदका सदस्य एच.पि पुन काे स्वागत मन्तव्य बाट सुरु भएकाे कार्यक्रमकाेसहजीकरण परिषदका सचिव तारादेव शर्मा प्रदर्शनले गरेका थिए भने कार्यक्रमकाे समापन कार्यक्रमका सभाध्यक्ष ईन्द्र भण्डारी अंकितले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top