होमपेज / साहित्य/कला

रोल्पाका शनि विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार

तिखो खबर २०७६ कार्तिक ८ गते शुक्रबार २१:२५:०२ मा प्रकाशित     २४७ पटक हेरिएको

८ कार्तिक काठमाडौ :
एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधि रोल्पाका शनि विश्वकर्माले जितेका छन् । 

फाइनल राउण्डको तीन प्रतिस्पर्धीलाई पछि पार्दै पार्दै नगद ५० लाख रुपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन विमा पुरस्कार हात पार्न सफल भएका हुन् ।

यस्तै रनर अप बनेका चेतन गोतामेले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार प्राप्त गरेका छन् । 

भृकुटिमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा सेकेण्ड रनर अपको पुरस्कार विनोद दनुवारले जितेका छन् । उनले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन विमा पुरस्कार पाएका छन् ।

पर्फमर अफ दि सिजनको उपाधि रामकुमार नेपालीले जितेका छन् । गत असार १२ गतेबाट सुरु भएको शृंखला शुक्रबार ३६ औं शृंखलाको प्रत्यक्ष प्रसारण गर्दै सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top