होमपेज / साहित्य/कला

जताततै बर्षाको पहिरन चर्चा, अस्ट्रेलियामा यस्तो अबस्थामा भेटियो बर्षालाई ! (तस्बिरमा)

तिखो खबर २०७६ जेठ १९ गते आइतबार ०७:३८:०० मा प्रकाशित     २८७ पटक हेरिएको

काठमाडौं । जेठ ३ गतेबाट सिनेमाहलमा प्रदर्शन भएको चलचित्र ‘जात्रै जात्रा’ अहिले अष्ट्रेलियाका विभिन्न सहरहरुमा पनि प्रदर्शन भइरहेको छ ।

अस्ट्रेलियाका ब्रिसवेन, एडलेड, सिड्नी, मेलवर्न लगायत नेपालीको बसोबास रहेका शहरहरुमा चलचित्र प्रदर्शनक भइरहेको छ । 

चलचित्र प्रदर्शनकै लागि भनी निर्देशक प्रदीप भट्टराई, कार्यकारी निर्माता, रविन्द्रसिंह बानियाँ, नायक विपिन कार्की र नायिका वर्षा राउत अहिले अष्ट्रेलियामा छन् ।

चलचित्र प्रदर्शनको लागि अस्ट्रेलिया पुगेका उनीहरु शो मा सबैजना सजिएरै पुगेका थिए । तर सबैको ध्यान तान्न सफल भइन् नायिका वर्षा राउत । चलचित्रको शो उनले लगाएको पहिरनको चर्चा अहिले भइरहेको छ । सामाजिक सञ्जालमा उनले लगाएको पहिरनको विषयमा ट्रोलहरु बनिरहेका छन् । 

शो मा वर्षाले सेतो कपडामा कालो–कालो टीका भएको गाउन लगाएकी थिइन् । उनले लगाएको गाउनको अगाडीको भाग अलि बढी खुलेको थियो । 

‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा छन् । सुन काण्डलाई चलचित्रले मुख्य कथा बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top