होमपेज / साहित्य/कला

हेमा मालिनी र सनी देओलले जिते लोकसभा चुनाव

तिखो खबर २०७६ जेठ १० गते शुक्रबार ०७:२६:२६ मा प्रकाशित     १४६ पटक हेरिएको

 

 

एजेन्सी । भारतीय जनता पार्टीकी नेतृ हेमा मालिनी लोकसभा चुनावमा विजयी भएकी छन् । उनले उत्तरप्रदेशको मथुरबाट चुनाव जितेकी हुन् ।

विपक्षी आरएलडीका उम्मेद्वार कुँवर नरेन्द्र सिंहलाई हराएर मालिनीले चुनाव जितेकी हुन् । मालिनीले ४ लाख ९ हजार ३ सय २५ मत ल्याएर विजयी बनेकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सिंहले २ लाख १९ हजार १ सय ८ मत ल्याएका छन् । मालिनीले १ लाख ९० हजार २ सय १७ मतान्तरले चुनाव जितेकी हुन् ।

यस्तै अभिनेता सनी देओलले पनि भारतीय लोकसभा निर्वाचनमा विजय हासिल गरेका छन् ।

पञ्जाव राज्यको गुरदासपुरबाट उम्मेदवार बनेका देओलले ५ लाख ४७ हजार ७८१ मत ल्याएर जित हासिल गरेका हुन् । उनी पनि सत्तारुढ दल भारतीय जनता पार्टीबाट उठेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top