होमपेज / साहित्य/कला

सल्यान बागचौरमा दोस्रो युगल रचना बाचन कार्यक्रम सम्पन्न।

तिखो खबर २०७५ चैत्र १ गते शुक्रबार ०८:५९:२९ मा प्रकाशित     ३१२ पटक हेरिएको

श्रबन देबकोटा :
बागचौर नगर साहित्य परिषदले आयोजना गरेको १४ औं साहित्य श्रीङ्खला अन्तरगत दोस्रो युगल रचना वाचन कार्यक्रम  सम्पन्न  भयको छ।
सल्ययानको बागचाैर नगरपालिका वडा न. २ बागचौरमा कार्यक्रम सम्पन्न भएको हो।

दोस्रो युगल रचना वाचनाका श्रष्टा दाेय बागचाैर नगरपालिका वडा नं. ५ शिवरथ निवासी सपना वलि  निर्दोशि र बागचाैर नगरपालिका वडा नं. १० पिपलनेटा निवासी  हरि केसि एकल यात्रीले आफना  मुक्तक र गजल गरि  १/१ दर्जन रचनाहरु वाचन गरेका थिए।

 नगर साहित्य परिषदका अध्यक्ष ईन्द्र भण्डारी अङ्कितको अध्यक्षता एबम परिषदका संरक्षक तथा सल्लाहकार पुर्ण भण्डारी पंकजको प्रमुख आतिथ्यतामा सन्पन्न कार्यक्रममा पास नेपाल सल्यानका अध्यक्ष ज्ञानेस्वर केसि, जनकल्याण नमुना मावी थारमारेका पूर्व  बिधालय व्यवस्थापन  समिति अध्यक्ष सुम्निमा डि.सी लगाएतको उपस्थित रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथी एवम बागचौर नगर साहित्य परिषद्का संरक्षक सल्लाहकार पूर्ण भण्डारी पङकजले  कार्यक्रममा बोल्दै दाेय श्रष्टा उदाउँदा सर्जक भएता पनि उहाँका रचनाहरु निकै ओझिला , पेचिला र मनन योग्य लायक भएको बताएका छन।

अर्का अतिथी सुम्निमा डि.सी ले बागचौर नगर साहित्य परिषदले गर्दै आएका कार्यक्रमहरु एेतिहासिक र प्रसंसकीय रहेको बताउदै कार्यक्रमका दुवै श्रष्टालाई साहित्यिक यात्रा सफलताको शुभकामना ब्यक्त्त गरिन।

करिव १ घण्टा ३० मिनेट सम्म भएको कार्यक्रमको संचालन परिषदका सचिव तारादेव शर्मा प्रदर्शनले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top