होमपेज / साहित्य/कला

बन्ने भयो ‘मुन्ना भाई ३’ यि नायिका ले गर्नेछिन ‘मुन्ना भाई ३’ मा रोमान्स

तिखो खबर २०७५ फाल्गुण १६ गते बिहीबार १९:४६:२७ मा प्रकाशित     १४७ पटक हेरिएको

बलिउडमा सिक्वेल फिल्महरुमाझ आफनो छुट्टै छाप छोडेको फिल्म हो मुन्ना भाई एमबीबीएस । राजकुमार हिरानीले निर्माण एवं निर्देशन गरेको फिल्म मुन्ना भाई एमबीबीएस लगे रहो मुन्नाभाईलाई दर्शकहरुले निकै रुचाए । फिल्ममा सञ्जय दक्त र अरसद वारसीले गरेको सर्किटको भुमिका आज पनि दर्शकहरुको मन मतिष्कमा ताजै छन् ।

राजकुमार हिरानीले फिल्मको सिक्वेलको रुपमा मुन्नाभाई चले अमेरिका पनि निर्माण गर्ने घोषणा गरिसकेका छन् । उनको यो घोषणासंगै फिल्मको प्रतिक्षा लामो समयदेखि गरिरहेका छन् ।

सञ्जुको सफलतापछि अब हिरानी मुन्ना भाई ३ को काममा जुटिसकेका छन् । हुनत यो फिल्म केही अगाडी नै बन्न सक्थ्यो तर सञ्जय दक्त जेल परेपछि प्रोजेक्ट पोस्टपोण्ड भएको थियो । अन्तत अब यसको सिक्वेल पनि आउँने निश्चित भएको छ । यस पटक फिल्ममा नायिका सोनम कपुर पक्का भएको भारतीय मिडियाको दाबी छ ।

निर्माता बिधु बिनोद चोपडा फिल्म एक लड्की को देखा तो ऐसा लगामा सोनमको प्रस्तुतीबाट निकै प्रभावित भएको कारण फिल्ममा उनलाई पक्का गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । जे होस फिल्ममा भोली सोनम नभएपनि फिल्म बन्ने तयारी भने भईसकेको छ । मुन्ना भाई ३ बन्ने तयारी भएसंगै मुरली प्रसाद र सर्किटलाई पर्दामा हेर्न दर्शकहरु आतुर पक्कै हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top