होमपेज / साहित्य/कला

उरिको कमाई बाहुबली २ भन्दा बढि।

तिखो खबर २०७५ माघ २२ गते मंगलबार १३:४१:३१ मा प्रकाशित     १७९ पटक हेरिएको

बक्सअफिसमा सानदार प्रदर्शन गरिरहेको अभिनेता विक्की कौशलको फिल्म ‘उरी स् द सर्जिकल स्ट्राइक’ ले फिल्मले प्रभास स्टाररको फिल्म ‘बाहुबली २ कमाईलाई उछिनेको छ । रिलिजको २३ औं र २४ औं दिनमा ‘उरी’ ले ‘बाहुबली २’ भन्दा पनि बढी कमाई गरेको छ ।
तरण आदर्शको ट्वीटका अनुसार, ‘उरी स् द सर्जिकल स्ट्राइक’ ले २३ औं दिन ६ करोड ५३ लाखको कारोबार गरेको छ, जबकि रिलिजको २३ औं दिनमा ‘बाहुबली २’ ले ६ करोड ३५ लाखको विजनेश गरेको थियो । यस्तै, २४ औं दिनमा ‘उरी’ ले ८ करोड ७१ लाखको कमाई गरेको छ, जबकि ‘बाहुबली २’ ले ७ करोड ८० लाखको कारोबार गरेको थियो ।

‘उरी’ ले बक्सअफिसमा प्रदर्शनको २४ औं दिनसम्ममा भारतबाट मात्र १ सय ८९ करोड ७६ लाख कमाउन सफल भएको छ । फिल्मले यही हप्ता दुई सय करोडको आँकडा पार गर्ने फिल्म पण्डितहरुको विश्वास छ । आदित्य धर निर्देशित यस फिल्ममा यामी गौतम, मोहित रैना, कीर्ति कुल्हाड, परेश रावललगायतको पनि अभिनय छ । फिल्म भारतीय सेना द्वारा पाकिस्तानमा पसेर आतंककारीमाथि गरेको सर्जिकल स्ट्राइकको घटनामा आधारित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top