होमपेज / साहित्य/कला

चौरजहारीमा महोत्सवमा महानायक राजेस हमाल आउदै,महोत्सवको तयारी तिब्र ।

तिखो खबर २०७५ माघ १८ गते शुक्रबार १९:५२:१७ मा प्रकाशित     ३०४ पटक हेरिएको

दिबस पोख्रेल/चौरजहारी,१८ माघ 

रुकुमको चौरजहारी उध्योग बाणिज्य सघको आयोजनामा फाल्गुन ७ देखि १७ गते सम्म सन्चालन हुने बृहत् चौरजहारी महोत्सवको तयारी तिब्र रुपमा थालिएको छ।


"कृषि ,प्राकृतिक सम्पदा,कला सस्कृतिको संरक्षण 
उधोग व्यापार संगै पर्यटन प्रबर्द्धन हाम्रो अभियान आत्मनिर्भर,एकता सम्बृद नगरको निर्माण 
चौरजहारी नगरबासिको पहिचान" भन्ने मुल नाराका साथ आयोजना हुने बृहत चौरजहारी महोत्सव मुल समारोह समिती अन्तर्गतका अन्य समितीहरु आफ्नो आफ्नो जिम्मेवारीमा तदारुकताका साथ जुटिरहेका छ्न, र यो महोत्सव एतिहासिक हुने आयोजकले दाबी गरेको छ ।


चौरजहारी नगरपालिकाको वडा नं २ सेवा केन्द्र नजिक रहेको रंगशालामा हुने महोत्सवको लागी व्यापक प्रचार प्रसार व्यानर तथा  पर्चा पम्पिलेट छपाईको काम भैरहेको संघका कोषाध्यक्ष सन्तोष वलीले टेलिफोनमा जानकारी दिएका छन ।


ब्यापारिक परियोजनका लागि विभिन्न १२० स्टल रहने उक्त महोत्सबमा सामाजिक उत्तरदायित्व खातिर सामाजिक संघ सस्थालाई १० स्टल निशुल्क गरिने वलिले जानकारी दिए ।


महोत्सवमा  महानायक राजेश हमाल , विराज भटट मेलिना राई,कुलेन्द्र विश्वकर्मा,प्रकास सपुत,प्रिति आले,शान्तिश्री परियार,भुमिका गिरी जीवन शर्मा हेमन्त शर्मा ,किरणवावु पुन,तिलक परियार,जय देवकोटा, अमित परियार पुर्ण चन्द केसी धनराज चनारा रमेशराज भटटराई र मिस्टर आरजेले आफनो प्रस्तुति देखाउने छन । त्यसैगरी हास्यकलाकार जिग्री पाण्डे,महादेव त्रिपाटी जादुगर,नायिका शुष्मा अधिकारी,पुजा परियार डान्सर कृति पाण्डे,सगुन थापा,र अन्जली चन्द ठकुरी आउने आयोजकले वताएको छ ।


महोत्सवमा स्थानिय कलाकार विजय तिरुवा,भरत वि.क,लोकेन्द्र परियार अनिता वि.क र अभि सुनारले समेत आफनो प्रस्तुति राख्ने वताईएको छ । युनिक टप डान्स ग्रुपको समेत प्रस्तुती रहने महोत्सव को उद्घोषणको जिम्मेवारि प्रिया रानी लामा र यदु कुमार आचार्यलाई दिइने भएको छ, महोत्सबको प्रमुख अतिथीको रुपमा प्रधानमन्त्रीलाई आग्रह गरिएको छ, महोत्सव सफलताका लागि मुल आयोजक समितीले सम्पुर्णमा सहयोगको अपिल समेेत  गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top