होमपेज / साहित्य/कला
फरक पर्दैन नारीलाई थर्काएर, हेर महासय
तर रून पाउदैनाै बहिनी बेचिदा सम्झेर महासय
मख्ख नपर्नुस् कुर्सीमा टेकेर अग्लाे भएभनि
भुइलाई ढाेग्नुपर्छ कुर्सीबाट खसेर महासय
खराब नियतकाे तबला बजाइ जनता नभजाउ
फलफूल मलखादमै जान्छ कुहिएर महासय
तिमी मन्दिर जान्छौं कुन मन लिएर भन त?
ढुङ्गामा दुध चढाउछाै भाेकाे बालक नेर महासय
दिदी बेच्दा दाइ रेट्दा त केही गरेनन् नसाेच
पड्किन्छ गाेलि बन्दुकमा दबाब परेर महासय
लेखक सुदिष्टी लक्ष्मी / तुलसिपुर दाङ