होमपेज / साहित्य/कला
सुदृष्टी लक्ष्मी / दाङ तुलसीपुर :
मेट्दछ प्यास धर्ती कहाँ आकासकाे पानीले।
बढाउने गर्छ आकासे शाेभा धर्ती जवानीले
माटाको भर ढुङ्गालाई भाे ढुङ्गाकाे माटाेलाई
भुमिका साेध के पाइतला बाेक्ने गाेरेटाेलाई।।
सुर्यले लाली नछरी कन सुस्ताकाे कुन दिन?
बतास चल्न मानेर अल्छि बनाकाे छिनहिन?
सन्ध्याकाे प्यास मेट्दछ रात बिहानकाे दिनले
रातमा प्रेम बर्साउने गर्छ आकासे जूनले।।
काडाकाे शाेभा ढपक्क बाल्याे फक्रेकाे फूलले
बन्दछ काडा फूलकाे माली गर्वकाे शुलले।
फूलाईकन शिरैमा कमल पाउकाे हिलाेले
बाँसको रूप सजिसजाउ डाेकाे र डालाेले।।
एकैमा मुठी सास याे प्राण वृक्षका प्यारमा
प्रकृति ढाेक्छ मान्छेकै पाउ आफुभै मारमा।
अरूकै निम्ति फलेको वृक्ष पथ्थरले चुटिन्छ
हे अर्पेर प्राण प्रकृति वाह! आफूनै रेटिन्छ।।
दिनुमै खुसी प्रकृति सारा खुसीले फूलेकाे
भुलेन जग कर्तव्य त्यैत संसार चलेकाे।
सुकेर अाेठ फूलेर पट्ट आवाज विहीन
भैगय पानी अपराध बाेधले सम्झेर छिनछिन।।
गर्दैन पशु उच र निच भेदभाव नरैमा
के पर्छाै मख्ख पशुकाे गिदी,रूपकाे भरैमा।
मान्छेकाे काल मान्छेनै अब का रह्यो मानवता
पशुकाे चाला फालेर मान्छे बनाैन अबता ।।