होमपेज / सम्पादकीय

हामि आयौ ।

-सम्पादकिय

  तिखो खबर २०७५ पौष २१ गते शनिबार १६:४७:२५   ६४३० पटक हेरिएको

हामी डिजिटल संसारमा आएका छौं अनलाइन न्युज तिखो खबरको रुपमा । यो समाजको ऐनाका रुपमा आएको छ । पत्रकारिता समाजको ऐना हो । तर, ऐना नै फोहोर हुंदा दृश्य प्रष्ट देखिदैन । दृश्यलाई ऐनाले नै दुषित बनाउंदछ । तसर्थ हामी सफा ऐनाका रुपमा आएका छौं । तिखो खबर डटकम मार्फत हामि समाजलाई जस्ताकै तस्तै देखाउनेछौं । हामी सन्तुलित, बस्तुनिष्ठ र यथार्थपरक छौं । यसलाई हामी व्यवहारमै पुष्टि गर्नेछौं । यो हाम्रो वाचा हो । हामी ढिलो नै सही, सत्य हुनेछौं । हतारको साहित्य भनिएपनि पत्रकारितामा गल्ति अक्षम्य छ । 

अनलाइनमा जो कोहीले जहाबाट पनि सजिलै सामग्री सम्प्रेषण गरिदिने र सबैको सहज पहुँच हुने सक्ने भएकाले पनि यसको लोकप्रियता दिनप्रतिदिन बढिरहेको छ । यसका साथै पाठकलाई सही सूचना सम्प्रेषण गर्नु अनलाइन पत्रकारिताको चुनौतीका रुपमा देखा परेको छ । पत्रकारिताका सिद्धान्तहरु सत्यता, सन्तुलन र विश्वसनीयता अनलाइन पत्रकारिताका चुनौतीहरु हुन् । किनभने बजार अस्वस्थ छ । छिटो र हतारमा समाचार पस्कने अस्वस्थ प्रतिस्पर्धामा नेपाली पत्रकारिता चुकेको छ । यो अवस्था अनलाइनमा पनि नभएको होइन । यसमा हामी सजग र सचेत छौं ।

अनलाइन पत्रकारिता झनै संवेदनशिल बिधा हो । अनलाइनमा राखिएको सामाग्री निमेषभरमै विश्वभर पुग्दछ । यो आफैंमा सबै माध्यम होः पढिने, हेरिने र सुनिने माध्यम । हामी यो अवसरको सदुपयोग गर्नेछौं । हामी पठनीय सामाग्री लिएर आउनेछौं । हामी चुनौतिका बीचमा छौं । ह्वात्तै बढेको छ अनलाइन पत्रकारिता । तर, विकृत्तिपनि अध्याधिक छ । विकाररहित अनलाइनका रुपमा तिखो खबर डटकमलाई स्थापित गर्ने हाम्रो अठोट छ । यो अठोटमा तपाईको सहयोग अनिबार्य छ । हामी सुझावको प्रतीक्षामा छौं । 

जिम्मेवार आनलाइन पत्रकारिता मार्फत आउने दिनमा हामीले समेट्ने समाचारको घेरा अझै फराकिलो पार्दै लैजाने प्रतिबद्धताका साथै पाठकहरूका सकारत्मक नकारात्मक प्रतिक्रिया हाम्रा मार्गदर्शन हुन्, हामी पाठकहरुलाई प्रतिक्रियाको लागि सहभागी हुन अपिल गर्दछौ। 

-सम्पादक
 

प्रतिक्रिया

सम्बन्धित खवर

-सम्पादकिय

हामि आयौ ।

२ बर्ष अगाडि
Top