मानव सेवा आश्रमले धनगढीमा भवन निर्माण प्रयाेजनका लागि अर्थ संकलनका लागि महायज्ञकाे आयाेजना गर्ने भएकाे छ ।
मानव सेवा आश्रमले २३ माघदेखि श्रीमद् भागवत् सप्ताह ज्ञान विज्ञान महायज्ञकाे आयाेजना गर्ने भएकाे हाे । आयाेजक मानव सेवा आश्रमले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै महायज्ञबारे जानकारी दिएकाे छ । ३० माघसम्म चल्ने महायज्ञ धनगढी उपमहानगरपालिका-१ काे पशुपति टाेलस्थित सुदूरपश्चिम महाेत्सव हुने स्थानमा लाग्ने मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
अधिकारीले महायज्ञबाट मानवता प्रवर्द्वन अभियान अन्तरगत धनगढी शाखाकाे करीब दुई सय जना सडक मानवलाई व्यवस्थापन गर्नेगरि भवन निर्माण गर्न आर्थिक स्रोत जुटाइने बताए ।
मानवकाे मन्दिर निर्माण गरि सहयाेगापेक्षी बेसहारा मानवकाे सेवा प्रदान गर्न, सुदूरपश्चिम प्रदेशलाई नै सहयाेगापेक्षी सडकआश्रित मानवमुक्त बनाउने, २०८२ सालभित्र सिङ्गो मुलुकलाई सडक मानवमुक्त नेपाल घाेषणाकाे आधार तय गर्न, जेष्ठ नागरिकका लागि मनाेरञ्जन केन्द्र स्थापना र मानवता अध्ययन केन्द्रकाे स्थापना गर्न उदेश्य पनि महायज्ञ आयोजनाका उदेश्य भएकाे उनी बताउँछन् ।
महायज्ञमा विभित्र सांस्कृतिक झाँकी, कलशयात्रा, भुवा, हुड्केउली, भुवा, गाैरा सखियासहित शंखनाद, भजन किर्तनसहित विशाल शाेभा कलश यात्रा, प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म पतंजली याेग शिविर, विद्यार्थीका लागि शैक्षिक ज्ञान कार्यक्रम, दैनिक साँझ साढे ४ बजे आरती तथा प्रसाद वितरण गरिने मूल आयोजक समितिका संयाेजक मदनबहादुर कुँवरले बताए ।
महायज्ञमा कथावाचक कमलनयन गाैतमले बिहान ११:३० देखि साँझ ४:३० बजेसम्म संगितमय श्रीमद भागवत कथा वाचन गर्नेछन् । यस्तै, पञ्चायन पुजा, लक्ष्यवर्तिका, पितृ उद्दार, धान्याञ्चल, तुलादान, ग्रहशान्ति, ८४ पुजा, महामृत्युञ्जय, जप, पाठ परायण हुनेछ ।
महायज्ञमा स्वास्थ शिविर, फाेटाे प्रदर्शनी, प्रसाद वितरण पनि गरिने आयाेजकले जनाएको छ ।
महायज्ञबाट भवन निर्माणका लागि कम्तिमा पाँच कराेड संकलन हुने अपेक्षा गरिएको छ भने ४० लाख जति व्यवस्थापन खर्च हुने मूल आयाेजक समितिले जनाएको छ ।