चुरे गाउँपालिका कैलाली जिल्लाको पश्चिम उत्तर पहाडी क्षेत्र पर्दछ । यो गाँउपालिका एक प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र हो । साविकका सहजपुर, निगाली र खैरला गा.बि.स. एकिकृत गरी नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३÷११÷२८ गतेको निर्णयबाट चुरे गाउँपालिका गठन गरिएको हो । यसमा समावेश भएका साविकका गाविसहरु सहजपुरको पुरै भागहरु चुरे पर्वतहरुले घेरेको हँुदा यस गाउँपालिकाको चुरे गाउँपालिका नामकरण भएको देखिन्छ । गाउँपालिकाको केन्द्र तथा कार्यालय वा.न. २ स्थीत घरखेडा गाउँमा रहेको छ । यो गाउँपालिका कैलालीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ४ र अन्र्तगत पर्दछ ।
यस गाउँपालिकाको पुर्बमा कैलाली जिल्लाको मोहन्याल गाउँपालिका, पश्चिममा डोटी जिल्लाको बडिकेदार गाउँपालिका र केही भुभाग डडेल्धुरा जिल्लाको पर्दछ । उत्तरमा डोटी जिल्लाको जोरायल गाउँपालिका र दक्षिणमा कैलाली जिल्लाको गोदावरी नगरपालिका रहेका छन । चुरे गाउँपालिकाको कुल क्षेत्रफल ४ सय ९३ दशमलव १८ वर्ग कि.मि. रहेको छ भने गाउँपालिकामा पुरुष १० हजार ७ सय २९ र महिला १० हजार ६ सय ७१ गरी जम्मा २१ हजार ४ सय जनसख्या रहेको छ ।
यस क्षेत्रमा खस सभ्यता तथा हिन्दू सांस्कृतिको अनुपम सङगम रहेको छ । क्षेत्री, ब्राम्हण, जनजाति, दलित जातिको मिश्रित बसोवास रहेको यस गाउँपालिकामा मुख्य कामकाजी भाषा नेपाली भएतापनि स्थानीय मौलिक डोटेली भाषा बढी बोलीचालीमा रहेको पाइन्छ । मगर जातिहरुको बाहुल्यता भएको यस ठाउँमा मगर जातीका बिभिन्न सास्कृतिक तथा धार्मिक रीतिरिवाजहरु झल्किन्छन । धार्मिक रूपमा हिन्दु धर्मावलम्बीहरुको उच्च बाहुल्य रहेको यो क्षेत्रमा मनाइले चाडपर्वहरुमा कृष्णाष्टमी, तिज, जनैपूर्णिमा, दसै, तिहार, माघे सङक्रान्ती, चैते दसैं, गौरा पर्व, होली, शिवरात्रि आदि रहेका छन् । यस क्षेत्रमा जात्राहरुमा मोहन्याल जात्रा र केदार जात्रा प्रमुख रूपमा मनाइने गरिन्छ । यस क्षेत्रमा विषेश गरेर शिवरात्रि मेला, देसना मेला, मसानी मेला आदि लाग्ने गर्दछन । धार्मिक तथा भाषिक रुपमा करिब एकरूपता रहेको यो क्षेत्रमा चाडपर्वका समयमा गरिने बिभिन्न क्रियाकलापहरुले यहाँको सामाजिक र सांस्कृतिक उत्कृष्टता झल्काउने गर्दछन् । यस चुरे गाउँपालिकामा धार्मिक तथा ऐतिहासिक मनोरम स्थलहरु प्रसस्त भए तापनि ती स्थलहरुको प्रचार प्रसार हुन नसकेका कारण पर्यटकहरु भित्र्याउन छैन । यस गाउँपालिकाका बिभिन्न वडाहरुमा नौमुले झरना, नाग ढुङ्गा, रातो पैरो, कम्पासे धुरा, चमेरो गुफा, बाघे झरना, भासू भिर, चुरे टाकुरा, चिम्ले ओडार ग्वासीधुरा, देसना, कटगिरी जस्ता पर्यटकिय तथा प्राकृतीक सम्पदाहरु रहेका छन । यस क्षेत्रमा ३२ वटा चरन क्षेत्र, ८३ वटा खानेपानी मुहानहरु, ३ वटा चुन खानी, १ वटा कोइला खानी, घना वनक्ष्ोत्रहरु, पाटन क्षेत्र तथा नदीनालाहरु रहेका छन । गाउँपालिकाको कुल क्षेत्रफलको २७.४५ क्षेत्रफलमा कृर्षि गरिएको छ भने १९.४५ क्षेत्रफल पाखो जमिन रहेको छ । वनक्षेत्रले ओगटेको क्षेत्र हेर्दा जंगल र चरण क्षेत्रले ८२.११ प्रतिशत रहेको छ । चुरे क्षेत्रको चारकोषे झाडी मुख्य प्राकृतिक सम्पदाको रुपमा रहेको छ । बालुवा ढुङ्गा लगायतका खनिजहरु यस क्षेत्रमा पाइन्छ ।
यस गाउँपालिकाको हावापानी मध्यम खालेको भएको बसोबासको लागी उत्तम ठाउँ मानिन्छ । यो गाउँपालीकामा खासगरी उर्भर भूमी छैन । खोला छेउछाउ बेसीहरुमा धान गहुँ खेती गरीन्छ भने भिरालो जमिनमा मकै, गहुँ, विभिन्न तरकारी तथा फलफुल खेती गरीन्छ । खाद्यवालीको लागी उर्भरशील माटो नहुँनु र सिचाईको व्यवस्था नहुनु आदी कारण यो गाउँपालिका खाद्य संकटको मारमा परिरहन्छ । तराईका जिल्लाहरुबाट खाद्यान्न लिएर धेरै जसोले जीविको चलाउने गर्दछन् ।
यो गाउँपालिकामा प्रयाप्त वनजंगल रहेको छ । वन्यजन्तु, चराचुरुङ्गी, विभिन्न प्रजातीका वनस्पती, जटीबुटी लगाएत वनपैदावार जन्य वस्तुहरु प्रसस्त पाइन्छन् । यो गाउँपालिकाका धेरै जस्तो मानिसहरु गाई, भैसी, बाख्र पालन तथा अन्य पशुपालनबाट आम्दानी गर्दै आएका छन् ।
यस्तै ब्यवसायिक तरकारी खेति, पशुपालन र फलफूल खेतीको राम्रो सम्भावना यस गाउँपालिकामा छ । सुन्तला खेती लगाएत अन्य फलफूल तथा तरकारी खेतीबाट समेत यहाँ केही किसानहरुले राम्रो आम्दानी गर्दै आएका छन् । यो गाउँपालिकामा वन पैदावरसंग सम्बन्धी उद्योग, बाख्रा लगाएत अन्य पशुलान, तरकारी खेती, अलौची, कागती, केरा, सुन्ताला, चिया, लगाएतका खेतीको लागी उच्च सम्भावना रहेको चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर वोगटीले बताउनु हुन्छ ।
सम्भावना उच्च रहेको भएता पनि विगतका वर्षहरुमा देशको अवस्था तथा यो गाउँपालिका सडक सञ्जालसंग जोडीन नसकेको कारण समस्या हुँदा आएको थियो । किसानहरुले सुन्तला फलफुल, तरकारी आदी उत्पादन गरे पनी बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहीने अवस्था थियो । तर अहिले भने अवस्था फेरिको छ । नेपालको संविधान २०७२ ले संघीय लोकतान्त्रिक शासन व्यवस्था अनुरुप जनताको सबै भन्दा नजिकको सरकारको रुपमा स्थानीयतहको व्यवस्था गरेको छ । जस अनुरुप स्वायत्तताको उच्चतम अध्यास तथा विकेन्द्रीकरणको माध्यमद्धारा स्थानीय शासनमा सहभागीता, जवाफदेहीता, पारदर्शिता र उत्तरदायित्व कायम गरी सेवा प्रवाहमा प्रभावकारितासंगै विकासलाई द्रुततर तुल्याई जनअपेक्षा सम्बोधान गर्ने ऐतिहासिक जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको छ । उक्त जिम्मेवारी बोध गर्दै धेरै जस्तो स्थानीय तहहरुले अघि बढी रहेको छन् । जस मध्येको एक हो कैलालीको चुरे गाउँपालिका । गाउँपालिका स्थापनासंगै यहाँको जनताका समस्यामा प्रथमिताका आधारमा गाउँपालिकाले काम गरि रहेको छ । विगतका सडक, बिजुलीबत्ती, खानेपानी, शिक्षा, स्वास्थ्य लगाएत आधारभुत आवश्यकता परीपूर्ती गर्न निक्कै समस्या भोगी रहेका यहाँका नागरिकहरुले स्थानीयतह गठनसंगै जनप्रतिनिधीहरु आए पछी धेरै सहज भएको अनुभुती गर्न थालेका छन् ।
पहिलो कार्यकालका जनप्रतिनिधीहरुको कार्यकाल सकिएर यतीबेला दोस्रो कार्यकालका जनप्रतिनिधीहरुले काम गरीरहेका छन् । चुरे गाउँपालिकामा २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट अध्यक्षमा निर्वाचित चक्र बहादुर वोगटीको टिमले अहिले काम गरिरहेको छ । आफ्नो सम्पूर्ण टिम अहिले यहाँका नागरिकले दैनिक जीवनमा भोग्नु परेका समस्याहरुमा केन्द्रीर भएर काम गरिरहेको अध्यक्ष वोगटीको भनाई छ । अहिले प्राय सबै वडाहरुसम्म सडक सञ्जाल पु¥याएको, आधारभुत्त स्वास्थ्य उपचारको लागी स्थानीय स्तरमै व्यवस्था गरेको, शिक्षा क्षेत्रमा सुधारको अधिक्तम प्रयास गरिरहेको पनी अध्यक्ष बोगतीले बताए । यस्तै यस क्षेत्रको कृषि सम्भावनालाई मध्यनजर गरी आगामी वर्षदेखि कृषिमा क्रन्ती नै ल्याउने गरी योजना सहित काम गर्ने र किसानहरुलाई पनी कृषिमा लाग्न उत्पेरित गर्ने खालका अनुदान सहितका कार्यक्रम ल्याउने उनको दावी छ ।