होमपेज / विचार

कन्हैया जस्तै निर्धक्क बोलिदिने नायकको खोजी भैरहेको छ यहाँ

तिखो खबर २०७६ जेठ १३ गते सोमबार ११:०३:११ मा प्रकाशित     २०९ पटक हेरिएको

बुद्धि प्रकाश हमाल (बिपि)

मेरो बिचारमा मेगुसरायको निर्बाचन : कन्हैयाको चर्चा

   :आर्थिक र बैज्ञानिक क्षेत्रमा उदाउदो भारतको हालै भएको निर्बाचनको चर्चा बिश्व भरि चलिरहेको बेला छिमेकमा पनि नचल्ने कुरा भएन ।अमेरिका, चाइना, रुस, क्यानडा जस्ता समृद्ध देश हरुको पछि पछी दौडिरहेको भारतको नेतृत्व फेरि पनि मोदिले गर्ने निश्चित भैसकेको छ ।
यो अवस्थामा भारतको नवनिर्बाचित सरकारको प्रभाव छोमेकी रास्ट्रमा कस्तो पर्न सक्छ भन्ने कुरा मा विद्वान हरुको आ आफ्नै तर्क चलिरहेकै छ । मोदिको परराष्ट्र निति कस्तो रहन्छ त्यो राजनैतिक विशेषज्ञ हरुको हातमा छोड्न चाहन्छु । 
कन्हैया कुमारको चर्चा भारत मा भन्दा नेपालमा बढी भैराको थियो जतिबेला उनी जेल जीवन देखि लोकसभा निर्बाचन सम्म होमिए ।

प्राय: मिडिया मा दिनहु जसो छाउने कन्हैया कुमार अन्तत: किन पराजित भए ? उनी जमिन्दार परिवार को भएर ? धर्म निरपेक्ष भएर ? वा कम्युनिस्ट भएर ? किन पराजित भए चर्चित क्रान्तिकारी कन्हैया कुमार ? प्रतिद्वन्दी गिरिराज सिङ्ह उनी जति चर्चित नहुदा पनि बिजयी भए, कसरी ? आजको युगमा कट्टर पन्थी सङ पराजित हुने कन्हैयाको हुइया सफल नभएर उनी ऐया नभनेर पराजित भएका छन । हामी भने उनी लाई नै हिरो देखिरहेका । 

उनले भारतमा जे नारा लगाए त्यो आफ्नो माने जनताले, उनले जे बोले त्यो आफ्नो उत्कन्ठा ठाने जनताले । जनता ले मात्र के, यहाका मिडिया ले पनि । किनकी यहाको सरकार सङ पनि जनता को असिमित आक्रोश पलाएको छ । सरकारले नाप्न नसकेको कुन्ठा पलाएको छ । कन्हैया जस्तै आफ्नो कुरो निर्धक्क बोलिदिने नायक को खोजी भैरहेको छ यहाँ । कन्हैया ले कस्मिरको आजादी माग गरे ' छिन्के लेङ्गे आजादी' भनेर नारा लगाए, तर जनता ले हिरो माने । नक्सलबादी अर्थात अहिलेको माओबादी सङ्ग नजिक देखिए तैपनी जनता ले, मिडिया ले हिरो नै माने । निर्बाचन मा हारे पनि राजनीति मा चर्चामा रहेका कन्हैयाको बारे पराजयको स्तब्धता अझै भेटिन्छ ।  

सत्ताले बिरक्त्याएको जनता र मिडिया ले सत्ता बिरोधी जस्लाइ पनि रोल्मोडल बनाउन सक्छ भन्ने उदाहरण यो भन्दा ठूलो हुन सक्दैन । नेपालमा बिद्रोही बढ्नु को कारण पनि यो भन्दा फरक केही छैन । दुई तिहाइ सरकार भएको देश मा किन बिप्लवको शक्ति बढ्दैछ ? राज्य ब्यबस्था बिरोधी पनि किन सशक्त ? सरकारको अधिनायकवादि सोच, हावादारी कुरा, निरंकुशता उन्मुख शासन शैली यी सबै कुराको कारण नेपाली जनता पनि कन्हैया कुमार खोजिरहेका छन । हिजो को संघर्ष ले गगन थापा, बिश्व प्रकाश जस्ता युबा जन्मायो । अबको संघर्ष ले नेपालमा पनि कन्हैया कुमार जन्माउने छ । किनकी कम्युनिस्ट सरकारको यो शासन शैली र यो रबैयाको कारण कन्हैया कुमारको जन्म निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top