होमपेज / विचार

म कस्तो देशमा छु ?

तिखो खबर २०७६ बैशाख ३१ गते मंगलबार १७:५३:०२ मा प्रकाशित     ३५२ पटक हेरिएको

म कस्तो देशमा छु ?
 यस्तो प्रश्न म लाई मात्र नभएर धेरै लाई मनमा आउदो हो । बिहान उठेर हात मुखको जोहो गर्न दौड्धुप गर्ने हरु देखि खाडिमा बैस र पसिना बेच्ने हरु, तटस्थ युबा देखि राजनैतिक बहस गर्ने हरु, बेरोजगार रोजगार सबै मा यस्तो प्रश्न आउदो होला । 
पुर्खाले राणा बिदाइ गरे, पन्चायत बिदाइ गरे अनि हामी ले राज सस्था बिदा गर्यौ । २०५९ असोज १८ को राजा को कदम पछि  गणतन्त्र स्थापना सम्म हामी र हाम्रो पुस्ताले पनि झन्डा उचाल्यो , नारा घन्कायो, पुत्ला जलायो, पुलिसको लाठी खायो, बन्द गर्यो, संघर्ष गर्यो । अनि गणतन्त्र नेपाल को घोषणा भयो । बिभिन्न सरकार बने । शासक आए । प्रणाली परिबर्तन भयो, कानुन परिबर्तन भयो । साच्चिकै गणतन्त्र कि जस्तो लाग्थ्यो । यो वास्तविक थियो । तर आज लाग्छ कस्तो शासन ब्यबस्था रहेको छ । कस्तो देशमा छु म ? 
आज ब्लात्कारी हरु कानुन बाहिर छन, भ्रस्टाचारी हरु को बोलवाला छ । मेरा प्रजा' बाट सम्बोधन परिबर्तन हुँदै हाम्रो देश, हाम्रो सरकार हुँदै पुन : मेरो सरकार मा आइपुग्यो । मन्दिर जादा रास्ट्रपती को खुट्टा धोइ पकाल्दिनु पर्ने भो । सरकारका मन्त्री पत्रकारको जवाफ दिन झर्को मानेर माइक फालेर हिड्ने भए, प्रेस को घाँटी निमोठिने भयो । तेसैले सोच्छु म कस्तो देश मा छु ?
के म राणाहरु को जङ्गी शासन चल्ने समयमा र देश मा छु ? के म एक दलिय राज्तन्त्रात्मक देशमा छु ? के म बर्गिय दास हरु ले मालिकलाइ सेवा गर्ने देश मा छु ? या त म गणतान्त्रिक, प्रजातान्त्रिक देश मा छु ?
 म कस्तो देश मा छु ?

लेखक:बुद्धि हमाल

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top