होमपेज / विचार

कारागार– विगत र बर्तमान

प्रशाराम भुषाल

तिखो खबर २०७५ माघ १६ गते बुधबार १२:४४:१६ मा प्रकाशित     १२३१ पटक हेरिएको

प्रशाराम भुषाल । कारागार, कारावास, जेल, अपराधी भनि न्यायीक निकायबाट प्रमाणित गरि तोकिए अनुसारको सजाय भोग्ने स्थान / घर तथा संदिग्ध र दोषी राख्ने ठाउलाई कारागार भनिन्छ ।

कारागार ऐन २०१९ को दफा २ अनुसार कारागार भन्नाले कैदी वा थुनुवालाई कैद गर्नको निमिक्त बनेको वा तोकिएको घर कोठा वा त्यस्तै अरु कुनै ठाउ र त्यस्तो घर कोठा वा ठाउले चर्चेको जग्गा लाई समेत जनाउछ । 

पृष्ठभुमि 

प्राचिन ग्रिक दार्शनिक प्लेटोका अनुसार निश्चित समय सम्म जरिबाना तिर्न नसकेका हरुलाई आफन्त सँग सम्पर्क विहिन बनाई राख्ने चलन नै सजाय मानिन्थ्यो भने रोमनमा Metal Cages (फलामको घर)  जस्ता घर बनाइ राखिन्थ्यो । पहिलो कारागर भनेर निर्माण गर्ने Ancus Marcius हुन । उनले ६६० वि.सि. मा Mamartine Prison  को निर्माण गरेका थिए भने हालको कारागार करिब ४०० वर्ष पहिले जेरुसेलममा स्थापना भएको मानिन्छ ।

नेपालमा कारागार

चन्द्र शम्सेरको डिल्लिबजार स्थित दरबारलाई विक्रम सम्बत १९६६ मा सदर खोरको रुपमा कैदि थुन्न प्रयोग गरिएको थियो भने आधिकारिक रुपमा जुद्ध सम्सेरका पालामा विक्रम सम्बत १९७१ मा सुन्धारा जगन्नाथ देवलमा तिन वटा ब्लक भएको कारागार निर्माण भएको थियो ।  यो नै पहिलो कारागार हो । हाल रहेका ७४ वटा कारागार मध्ये सुनसरिको कारागार सबै भन्दा कान्छो कारागार हो ।

भक्तपुर, बारा, धनुषा, पुर्वी रुकुम, पश्चिम नवलपरासीमा कारागार छैनन भने काठमान्डौ र दाङमा २÷२ वटा कारागार रहेका छन । २००७ साल पश्चात गृहमन्त्रालय अन्र्तगत रहेको र २०५० श्रावण १ मा कारागार व्यवस्थापन विभागको स्थापना भई हाल सम्म क्रियासिल छ । जम्मा ६८८ निजामती कर्मचारी र कुल १८०६ जना सुरक्षा कर्मी कार्यरत हरेका छन । कारागारको कैदी बन्दी राख्ने क्षमता १०६०८ (२०१८) जना रहेकोमा १८८८१ (२०१८) जना कैदी बन्दी रहेका छन ।

सुन्धारा जगन्नाथ देवलमा १५०० जना कैदी बन्दी राख्ने क्षमता रहेकोमा हाल २६२९ जना रहेका छन । डिल्लीबजार सदर खोरको ३०० जनाको क्षमता भएकोमा ५६६ जना कैदीबन्दी छन । सबै कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी रहेझै कारागार घोराहीमा पनि  ५० जनाको क्षमता रहेकोमा २७७ जना कैदी बन्दी रहेका छन । 

कारागार घोराहीमा वि.स २०७० माघ १५ देखि २०७५ माघ १५ सम्म निम्न अनुसार कैदी बन्दी रहेको अभिलेख छ ।
२०७० माघ १५    १३६ जना
२०७१ माघ १५    १७९ जना
२०७२ माघ १५    १८० जना
२०७३ माघ १५    २०२ जना
२०७४ माघ १५    २२६ जना
२०७५ माघ १५    २७७ जना

सन २००० मा नेपालमा कुल ६ हजार कैदी बन्दी रहेकोमा २०१८ मा १८८८१ जना कैदी बन्दी रहेका छन । नेपालमा १ लाख मानिसहरुमा ६५ जना जेलमा रहेका छन । यि मध्ये ७.३ प्रतिशत महिला र ५.५ प्रतिशत विदेशी रहेका छन ।
चिनमा प्रति एक लाख जनसंख्यामा ११८ जना र भारतमा प्रति लाखमा ३३ जनामात्र कैदी बन्दी छन । यसरी कैदी बन्दी बढदै गएकोले कारागारको विकल्पको रुपमा खुल्ला कारागारको बहस बढेको छ । 

“मानिसहरुले गल्ती गर्छन र मलाई लाग्छ उनिहरुलाई सजाय दिइनु पर्छ , तर उनिहरुलाई माफि दिइनुपर्छ, हामि मानव हौ ।” –डेविड मिलर

अपराध गर्ने व्यक्तिहरुलाई सधै कारागारमा राख्न नसकिने, उनिहरुको दोषको आधारमा सजाय अवधि तोकी सो आधारमा थुनामा राख्ने र त्यसपछि पुनः समाजमा खुल्ला छोडनुपर्ने हुदा हाल कारागारलाई सजाय गृह नबनाई सुधार गृहका रुपमा परिर्वतन गर्न संसार भर जोड दिइदै छ ।

अपराधिलाई समाजमा एक्कासी छोडनु भन्दा पहिले असल आचरणको सपथ (पारोल) र सजाय सकिनु केहि अघि सुपरिवेक्षणमा राखि समाजमा स्वतन्त्र छोडिने (प्रोवेसन) उपाय उपयोग गरि कैदी कैदबाट मुक्त हुदा उसका वरिवरिका वातावरणमा हुने परिर्वतन सँग समावेस हुन उचित पुर्नगठन र पुर्नस्थापना गर्न खुला कारागार संसारभर फैलदैछ । 

जेरेमि वेन्थमको “खुसिको विस्तार र दुखको न्युनिकरण” सिद्धान्त अनुसार समाजमा अपराध गर्ने थोरै सँख्यामा रहेका व्यक्तिहरुसँग पुरा समाजलाई जोगाई ति धेरै मानिसहरुलाई खुसि दिन त्यस्ता दोषिहरुलाई समाजबाट टाढा राख्ने संयन्त्रको रुपमा विकास भएको कारागार निम्न सिद्धान्तबाट प्रेरित छ ।

१) Deterrent Theory   (कसुर गर्ने हतोत्साहित गर्ने) । 
२) Protective Theory  (समाज र समुदायको सुरक्षा गर्ने) । 
३) Compensation Justices  (पिडितलाई क्षतिपुर्ति सहित न्याय प्रदान गर्ने) । 
४) Reformative Theory (कसुरदारलाई पुर्नस्थापनाकालागि सुधार गर्ने) । 
५) Correction Theory   (कसुरदारलाई आफनो कार्य प्रति पश्चाताप गराउने) ।

कडा दण्ड सजायबाट अपराध न्युनीकरण भएको नपाइएकोले कैदी बन्दीको आचारणमा सुधार गरि उनीहरुलाई अपराधिक मनोबृत्तिबाट सुधार गर्देै समाजमा पाच्य हुने व्यवहार तर्फ उन्मुख गराउने । सिप सिकाई आत्मनिर्भर बनाउने, ज्ञान, ध्यान, तपस्या, प्रणायम, योग तर्फ समावेश गराई सरल र स्वच्छ व्यक्तित्व निर्माण गर्ने स्थान बनाइनु पर्छ ।

यि कारणले यो सुधार गृहको रुपमा विकसित हुन आवश्यक छ र सरकारको जन धनको लगानि अनउत्पादक भएकोले खुला कारागाको विकास गरि अनुत्पादक जनशक्तिलाई उत्पादनशिल उर्जाशिल बनाउनु आजको आवश्यकता रहेको छ ।

खुला कारागारले कैदी बन्दीको बसाइमा सहजता ल्याउछ भने सरकारी जनशक्तिको बचत कारागार निर्माण खर्च बचत गराई अन उत्पादक जनशक्तिको उपयोगमा कम लगानिबाट बढी बचत गर्दा राष्ट्रिय आयमा समेत टेवा पुर्याउछ । 

-प्रशाराम भुषाल ।
कार्यालय प्रमुख कारागार कार्यालय घोराही दाङ

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top