होमपेज / विचार

त्यो डाक्टर लाई ज्युँदै पाउँ ।

तिखो खबर २०७५ माघ ३ गते बिहीबार १५:४४:३२ मा प्रकाशित     ४२० पटक हेरिएको

आयोजना खाउ 
परियोजना खाउ 
परि आए माटो र ढुङ्गा खाउ 
वाईड खाउ , न्यारो खाउ 
धर्म खाउ, मर्म खाउ 
रोजी रोजी निर्मला र अस्मिता खाउ 
 सत्य खाउ , निष्ठा खाउ 
" ऊ "फर्केका युवा लास खाउ 
तिम्रा सुपुष्ट कपोलमा मेरो देश चम्किन्छ 
तिमी छौ र पो शिर निहुरिन्छ 
डाँडा खाउ , पहाड खाउ 
चुरे खाउ ,भावर खाउ 
न्याय खाउ , विधि खाउ 
"सबकुछ अर्पण " सबै खाउ ।
  घाँटी चिलायो गरिबप्रवर !
माफी पाऊँ 
यति सम्म भन्न पाऊँ
त्यो डाक्टर लाई ज्युँदै पाउँ । 
# सन्दर्भ : डा . के.सी सत्याग्रह

लेखक डिल्लीराज रेग्मी,उनी नेपाली कांग्रेसका निबर्तमान केेेन्द्रिय सदस्य हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top