होमपेज / अर्थ

सल्यानमा सबैभन्दा बढी बजेट बागचौर नगरपालिकामा, सबैभन्दा कम सिद्ध कुमाख गाउँपालिकामा।

  तिखो खबर २०७७ जेठ १६ गते शुक्रबार १९:४६:४४   ९३१० पटक हेरिएको

१६ जेठ सल्यान :
सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि  सल्यानका दश स्थानीयमा झन्डै तीन अर्व विनियोजन गरेको छ। बिहिबार सार्वजनिक गरिएको बजेटमा सल्यानका लागि २ अर्व ९७ करोड ८४ लाख विनियोजन गरिएको हो।

तीन नगरपालिकामा १ अर्व १६ करोड ७ लाख र सात गाउँपालिकामा १ अर्व ८१ करोड ७७ लाख बजेट विनियोजन भएको छ । नगरपालिकामा सबैभन्दा धेरै बागचौर नगरपालिकामा ४१ करोड २९ लाख विनियोजन भएको छ । यस्तै शारदा नगरपालिकामा ३९ करोड १८ लाख बनगाड कुपिण्डे नगरपालिकामा ३५ करोड ५० लाख विनियोजन भएको छ । 

गाउँपालिका तहमा सबैभन्दा धेरै बजेट छत्रेश्वरी गाउँपालिकामा ३० करोड ४२ लाख विनियोजन भएको छ । कपुरकोट गाउँपालिकामा २१ करोड ३४ लाख, कालिमाटी गाउँपालिकामा २८ करोड ६ लाख, कुमाख गाउँपालिकामा २९ करोड ७७ लाख रहेको छ । यस्तै सिद्ध कुमाख गाउँपालिकामा १९ करोड ५० लाख, त्रिवेणी गाउँपालिकामा २७ करोड ६८ लाख र दार्मा गाउँपालिकामा २५ करोड बजेट विनियोजन भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top