होमपेज / अर्थ

सुन तोलाको ८० हजार नाघ्यो

  तिखो खबर २०७६ फाल्गुण १२ गते सोमबार १४:१२:००   ५३९० पटक हेरिएको

१२ फागुन काठमाडौं :
सुनको मूल्य आज एकै दिन प्रति तोला १५ सय रुपैयाँले बढेको छ । आइतबारको तुलनामा आज तोलामा १५ सय रुपैयाँ बढेर छापावाल सुन ८० हजार ३ सय रुपैयाँ तोलामा कारोबार भएको हो ।

आज कारोबार भएको भाउ अहिलेसम्मकै उच्च हो । आइतबार छापावाल सुन ७८ हजार आठ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि १५ सय रुपैयाँ प्रतितोलाले बढ्दै ८० हजार रुपैयाँ कायम भएको छ ।

आइतबार तेजाबी सुन प्रतितोला ७८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी पनि प्रति तोला पाँच रुपैयाले मूल्य बढेर ९ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

चीनको वुहानमा सुरु भएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ महँगो भएको नेपाल सुनचादी ब्यवसायी संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top