होमपेज / अर्थ

बैदेशिक रोजगारीका क्रममा मृत्यु भएका बस्नेतका परिवारलाई बिमा बाफत १३ लाख प्रदान

  तिखो खबर २०७६ पौष २७ गते आइतबार २१:४१:४७   ८४७० पटक हेरिएको

२७ पुस सल्यान :
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले जीवन बिमा वाफतको मृत्यु दाबी रकम भुक्तानी गरेको छ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर ४ साईलाकम्दका ४० वर्षिय प्रदिप बस्नेतको वैदेशिक रोजगारिका क्रममा मलेसियामा निधन भएपछी उनकी श्रीमतिलाई मृत्यु दाबी बाफतको रकम प्रदान गरीएको कम्पनिका शाखा प्रमुख बिनोद शर्माले बताएका छन।

मृतक बस्नेतकि श्रीमती लिलावती बस्नेतलाई वैदेशिक रोजगार म्यादी जीवन बिमा अन्तरगर १३ लाख रुपैया भुक्तानी गरिएको हो।शाखा कार्यालय श्रीनगरमा एक कार्यक्रमको आयोजना गरि कार्यक्रमका प्रमुख अतिथी उद्योग बाणिज्य संघ कर्णाली प्रदेश कार्यसमितिका कोषाध्यक्ष सुधन श्रेष्ठले उक्त १३ लाखको चेक उपलब्ध बनाएका हुन।

बस्नेतको केही समय अगाडि कामकै सिलसिलामा मलेसियामा मृत्यु भएको हो। वैदेशिक रोजगारीमा जानेबेला बस्नेतले ३ हजार ९ सय ७३ रुपैयाँ बुझाएर म्यादी जीवन बिमा गराएका कारण उनको मृत्यु भैसकेपछि उक्त १३ लाख रकम भुक्तानी गरिएको कम्पनीका लेखा प्रमुख खिम प्रकाश बिस्टले बताएका छन।

मृत्युदाबी भुक्तानी कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले 
नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले गरेको सहयोगको प्रसंशा गरेका छन।
ब्यक्तीको मृत्यु भएपनी सानो रकम तिरेर लाखौ पैसा दिनेगरेको प्रती बिमा कम्पनीलाई धन्यवाद समेत दिएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top