होमपेज / अर्थ

सुन तोलाको ७० हजार पुग्यो

तिखो खबर २०७६ श्रावण २३ गते बिहीबार १६:०६:५६ मा प्रकाशित     १२० पटक हेरिएको

२३ साउन ,काठमान्डौ :

बिहीबार सुनको भाउ पुनः ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ५ सय बढेर ७० हजार रुपैयाँ पुगेको हो ।

यसअघि बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको थियो ।  महासंघका अनुसार सुनको यो भाउ अहिलेसम्मकै महँगो हो ।
अन्तर्राष्ट्रिय बजारमा सुन बिहीबार प्रति औँस तोलाको १५ सय डलर ९० सेन्ट पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी तोलाको ८ सय २५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top