होमपेज / अर्थ

अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष पत्रकार सम्मेलनबाटै पक्राउ ।

तिखो खबर २०७६ असार १८ गते बुधबार १३:५७:२६ मा प्रकाशित     २३८ पटक हेरिएको

१८ असार कैलाली :

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटालाई प्रहरीले पत्रकार सम्मेलनबाटै पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उद्योग वाणिज्य संघको कार्यालयमा पत्रकार सम्मेलन चलिरहेका बेला देवकोटालाई नियन्त्रणमा लिएको हो ।

देवकोटासहित अत्तरिया उद्योग वाणिज्य संघका अन्य पदाधिकारी विरुद्ध गोदावरी नगरपालिकाले मुद्दा दर्ता गरेको थियो । गत असार १० गते नगरसभा चलिरहेका बेला आफूहरुलाई शुभकामना मन्तव्य राख्न नदिएको भन्दै केही व्यापारीले विरोध जनाएका थिए ।

नेकपा स्थायी कमिटी सदस्य लेखराज भट्ट सहभागी नगरसभामा अवरोध सिर्जना गरेको भन्दै नगरपालिकाले उद्योग वाणिज्य संघका पदाधिकारीसहित केही व्यापारी विरुद्ध मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top