होमपेज / अर्थ

सल्यान समितीबाट चोईटिएर सल्यानमा नया यातायात प्राली खुल्यो,पहिलो चरणमा मिनिबस बाट सेवा दिइने।

तिखो खबर २०७५ फाल्गुण २७ गते सोमबार १६:५४:२३ मा प्रकाशित     १७२५ पटक हेरिएको

नवीन पौडेल/२७ फागुन:

सल्यानमा सल्यान शारदा नामक नया यातायात प्राली खुलेको छ।जिल्लाको श्रीनगरमा प्रधान कार्यालय रहने गरि सल्यान रुकुम बस ब्यबसाही समितीबाट चोईटिएर डम्बर सिङ तिरुवाको अध्यक्षतामा नयाँ यातायात प्राली खुलेको हो।

स्वच्छ प्रतिसपर्धा तथा यात्रुलाई स्तरिय सेवा दिने उदेश्यका साथ यातायात प्राली खुलेको प्रालिका अध्यक्ष डम्बर सिङ  तिरुवाले बताएका छन।प्रालीले पहिलो चरणमा स्थानीय रुटमा मिनिबस बाट सेवा दिने बताएको छ।

प्रालीमा आबद्द भयका सम्पुर्ण गाडीहरु सल्यान रुकुम बस व्यावसायि समिती बाट चोईटिएर आयका हुन।
प्रालिका अध्यक्ष तिरुवा सल्यान रुकुम बस व्यवसायि समितीका पुर्ब सदस्य हुन।उनलाई सल्यान रुकुम बस व्यवसायि समितीमा आबद्द गाडी धनीहरुले साथ दिएका छन।प्रालिमा अहिले १९ वटा मिनिबस रहेका छन।
१९ वटै बस सल्यान रुकुम समितीबाट प्रालीमा आएका कारण सल्यान समितीलाई स्थानीय रुटमा गाडी संचालन गर्न समस्या पर्ने देखिएको छ।

सोमबार एक कार्यक्रमका बिच प्रालिको उद्घाटन जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकीले गरेका छन।कार्यक्रममा बोल्दै प्रमुख बुढाथोकीले स्वच्छ प्रतिस्पर्धा गरि ब्यबसाय संचालन गर्न आग्रह गरेका छन।
छरिएर रहेका सम्पुर्ण प्रालीहरु एकै ठाउमा आई सेवा बिस्तार गर्नु पर्नेमा जोड दिएका छन।

कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट अतिथि छत्रेश्वरि गाउँपालिका अध्यक्ष सन्तोष केसिले यातायात क्षेत्रमा सिन्डिकेट अन्त्य भैसकेका कारण निर्धक्क संग यातायात संचालन गर्नुपर्ने बताएका छन।जिल्लाकै ब्यक्तीहरुले प्रालि खोलेका कारण सबैले सहयोग गर्नुपर्ने बताउदै उनले बाहिरी जिल्लाबाट आई  पुराना गाडी ल्याएर प्राली खोली फाइदा भरी बाहिरी जिल्ला लग्नेलाई निरुत्साहित गर्नुपर्ने उनले बताए।

कार्यक्रममा कुमाख यातायात प्रालिका अध्यक्ष प्रमोद श्रेष्ठ,वडा अध्यक्षहरु हिमेन्द्रबाबू सेजवाल,दिपक हमाल व्यवसायि कुमार बुढाथोकी सुरेन्द्र बुढा,इन्द्र खड्का तथा कृष्ण बस्नेत,पुष्कर बुढाथोकी,भिम बुढाथोकी लगाएतकाले मन्तव्य राखेका थिए ।
उनिहरुले प्राली यात्रुमुखी भई उत्कृष्ट सेवादिन सुझाब दियका छन। उनिहरुले जिल्लामा रहेका अन्य यातायात प्रालीसग मिलेर एउटै डाईल प्रक्रियाबाट गाडी संचालन गरिनुपर्नेमा जोड दिएका थिए।कार्यक्रमको सहजिकरन पत्रकार शिव डाङीले गरेका थिए।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

सिफारिस
Top