होमपेज / अर्थ

सल्यानको छत्रेश्वरि गाउँपालिकाको बजेट पारित, सातै वडामा एम्बुलेन्स राखिने

  नबिन पौडेल २०७७ कार्तिक २० गते बिहीबार १९:२७:४२   ११५५० पटक हेरिएको

नवीन पौडेल / २० कार्तिक, सल्यान :

सल्यानको छत्रेश्वरि गाउँपालिकाले स्वास्थ्य र पुर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ। आर्थिक वर्ष २०७७/०७८ का लागी गाउँपालिकाले बिहिवार ४५ करोड ९९ लाख ६० हजारको बजेट ल्याएको हो।

गत असार १० गते बसेको आठौं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत भएतापनी केही विषयमा सहमती नजुट्दा गाउँसभा बारम्बार स्थगित हुँदै आएको थियो। गाउँपालिकाको ५० औ कार्यपालिका बैठकमा बजेट र सहमती हुननसकेका विषयमा सहमति भएपछी बिहिबार सम्पन्न गाउँसभाले बजेट पारित गरेको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताएका छन। करारमा रहेका शिक्षकको तलब सुबिधाका लागि अनुदान कार्यबिधी बनाई कार्यान्वयन गर्ने उनले बताए। करार शिक्षकको विषयमा कार्यबिधी बनाएर अनुदानमा लैजाने निर्णय भएको छ" उनले भने।

गाउँपालिका उपाध्यक्ष सीता केसिले संघिय सरकारबाट प्राप्त बित्तीय समानिकरण अनुदान ९ करोड १९ लाख, शसर्त अनुदान १८ करोड २३ लाख, राजस्व बाडफाड ७ करोड २९ लाख ३५ हजार नौ सय, विशेष अनुदान ३ करोड तथा प्रदेश सरकारबाट बित्तीय समानिकरण अनुदान ९९ लाख ४२ हजार, राजस्व बाडफाड ६ लाख ८३ हजार, शसर्त अनुदान २० लाख, बिशेष अनुदान ४० लाख र आन्तरिक श्रोत ३ करोड ४५ लाख २० हजार गरि ४५ करोड ९९ लाख ६० हजार ३ सय ३३ रकम बराबरको बजेट गाउँसभामा प्रस्तुत गरेकी हुन। यस्तै प्रदेस सरकारको समपुरक २ करोड ६५ लाख अनुमातित बजेट पेस भएको छ।

पारित बजेट मध्य चालुतर्फ ८ करोड ४० लाख ९२ हजार अर्थात २९.१० प्रतिशत,पुजिगत तर्फ १३ करोड ५ लाख ९२ हजार अर्थात ६०.९० प्रतिशत बजेट बिनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्काले जानकारी दिए।

वडा समिती मार्फत विभिन्न स्तर हुँदै छनौट भएका योजना हरुमा  ४ करोड १० लाख बजेट बिनियोजन गरिएको छ। एक वडा एक एम्बुलेन्स राख्ने प्राबधान अन्तरगत थप ४ वटा एम्बुलेन्स खरिदका लागि ४५ लाख बजेट बिनियोजन गरिएको छ। बिधुत लाईन बिस्तारकालागि ८५ लाख बजेट बिनियोजित गरिएको छ । उक्त रकम ३,४,५,६ नम्बर बडामा खर्च गरिने बताएको छ। साझेदारिमा निर्मान भैराखेका पन्नेताल खानेपानी र ज्यामिरे खानेपानीकालागि २ करोड ६५ लाख, लान्ती र  लेखपोखरा खानेपानी योजनाको लागि ३ करोड बजेट बिनियोजन गरेको छ। चुच्चे पोखरा खोरबारे खानेपानी आयोजना २० लाख, माथिल्लो तारुपारे खानेपानी योजनाका लागि ८ लाख बजेट बिनियोजन गरिएको छ।

छत्रेश्वरि शक्तिपिठलाई थप धार्मिक तथा पर्यटकिय गन्तव्य बनाउन निर्मानाधिन शंखपार्कका लागि ५८ लाख, बुराँसे युद्ध पर्यटन क्षेत्र निर्माणका लागि २५ लाख बजेट बिनियोजन गरिएको छ।
कृषि, पशु, महिला बिकास, लागि आबस्यक बजेट बिनियोजन गरिएको उपाध्यक्ष सीता केसिले बताइन । नियमित औषधि उपकरण आपूर्ति गर्ने, स्वास्थ्य सिविर संचालन, जेष्ठ नागरिक घरदैलो,महिला स्वास्थ्य उपचार कार्यक्रम, सुत्केरीलाई उपहार कार्यक्रम,कोरोना रोग रोगथाम लगाएतका शिर्षकमा ३२ लाख बजेट बिनियोजन गरिएको छ। दलित , महिला, आदिवासी, जनजाती, अपाङ्गता,भएका ब्यक्ती समाबेस हुनेगरी क्षमता बिकास र उद्दमशिलता पर्बर्धन कार्यक्रमका लागि ४८ लाख बजेट बिनियोज गरिएको छ।

लामो समयसम्म बजेट पास नहुदा देखिएको समस्याप्रती 
 अध्यक्ष केसिले गाउँपालिकाबासी सङ क्षमा मागेका छन।
केही विषयमा समस्या देखिएपछि गाउँपालिकाका नियमित कार्यहरु प्रभाबित बनेका थिए। सहमतिमा  गाउँसभा सम्पन्न गर्न सहयोग गर्ने सभाका सम्पुर्ण  सदस्यहरुलाई गाउँपालिका अध्यक्ष केसिले धन्यवाद ब्यक्त गरेका छन। गाउँपालिकाका सम्पुर्ण कार्यालय तथा शाखाहरुबाट हुने कामहरु नियमित हुने उनले बताए। 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top