होमपेज / अर्थ

सुनको मूल्य तोलाको ९७ हजार ५ सय पुग्यो

  तिखो खबर २०७७ श्रावण १२ गते सोमबार १३:०२:५३   २२१० पटक हेरिएको

१२ साउन, काठमाडौं : 
सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार दुई सय रुपैयाँले बढेर ९७ हजार ५ सयमा कारोवार भएको नेपाल सुनचादी ब्यवसायी महासंघले जनाएको छ । गत बुधबारदेखि सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ ।

हिजो आइतबारपनि सुनको मूल्य प्रति तोला ५ सयले बढेको थियो । त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ६० पुगेको छ । चाँदी पनि प्रति तोला ५५ रुपैयाँले बढेर १ हजार २ सय १० रुपैया प्रति तोलामा कारोवार भैरहेको छ ।

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि नै सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । लकडाउन अघि चैत्र १० गते सुन तोलाको ७७ हजारमा कारोबार भएको थियो ।सुनको भाउ महँगो हुँदा बिक्री भने ठप्प जस्तै भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top